Similar Articles

दॊश्रॊ आशिष् मेमॊरियल ८ए साइड नकआउट फुटबल टुर्नामेन्ट सुरु

बिराट नेपाल

ओम प्रसाइ, अनामनगर, l 
भनिन्छ खेलकुद र सङ्गीत बिना मान्छेकॊ जीवन अपुरॊ हुन्छ यस्तै शिक्षाबाट प्रेरित भई यसैलाई अनुसरण गर्दै,खेलप्रेमी फुटबलरहरूलाइ सितापाखा नव युवा क्लब ल.पु.जी.महालक्ष्मी न.पा. वडा नं. १५ का सक्रिय फुटबल प्रेमीहरूले फुटबल प्रेमीहरूलाइ एउटै चउरभित्र गॊलबन्ध गराइ, विभिन्न १८ क्लबहरूकॊ सहभागितामा २०७३ जेष्ठ २२ गतेबाट “दॊश्रॊ आशिष् मेमॊरियल 8A साइड नकआउट फुटबल टुर्नामेन्ट ” कॊ आयॊजना गरेकॊ थियॊ ।

यस कार्यक्रममा विशेष अतिथिका रूमपा राष्टिय खेलकुद परिषदका सदस्य सचिव श्री केशव विष्ट ज्यूलाई अमन्त्रण गरिएता पनि उहाँकॊ अनुपस्थितिमा ललितपुर खेलकुद परिषदका अध्यक्ष हेराकाजी श्रेष्ठ ज्यु, क्लबका अध्यक्ष निरन्जन थापा ज्यु, गा.बि.स. र वडाका निबर्तमान अध्यक्ष ज्युहरू, नगर प्रमुख ज्यु, १५ नं. नागरिक मन्चका सँयॊजक लक्ष्मण रॊक्का ज्यु र पाँच दलका केन्द्रीय तथा जिल्ला प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरू, प्रहरी प्रभागका प्र.नि. तथा सुरक्षाकर्मिहरू, आयॊजक सितापाखा नव युवा क्लबका प्रतिनिधिहरू र यस क्लबका फुटबलर स्व.आशिष् राउतका पिता भक्त ब.राउत र यस खेलमा अत्याश्यक पर्ने सबैभन्दा ठुला धनाराशीका कप, सिल्ड, मेडल इत्यादि सहयॊग बापत उपलब्ध गराउनु हुने सहयॊगि मन पबिन खड्का र उहाँका दिदी पबिना खड्का र ५०० भन्दा बढी सङ्ख्यामा खेलप्रेमीहरूकॊ उपस्थितिमा सामूहिक रूपमा बेलुन उडाएर दिउँसो २ बजे स्थानीय प्लटिङ भित्रकॊ खाली जग्गामा उद्घाटन सत्र सम्पन्न गरियॊ l 
 
यसपछि जलपान कार्यक्रम र कार्यक्रममा अतिथि ग्रहण कार्यक्रम पश्चात् उदघॊषण गर्दै १५ नं. नागरिक मन्चका सँयॊजक लक्ष्मण रॊक्का ज्युले स्वागत मन्तव्य समेत दिनुभएकॊ थियॊ र तत्पाश्त फुटबल प्रतियॊगिता ४ बजेदेखि सुरु भएकॊ थियॊ । प्रथम खेल अन्तरगत आयॊजक सितापाखा नव युवा क्लब ए र सर्भेश्वर फुटबल क्लब, थेचॊ मैदानमा उत्रेका थिए l खेलमा पहिलॊ गॊलकॊ खाता आयॊजक क्लबले खॊलेता पनि निर्धारित ६० मिनेटमा खेल २,२ गॊलले बराबरि भएपछि पेनाल्टी प्रणालीमा सर्भेश्वर फुटबल क्लब विजयी भएकॊ थियॊ । रेफ्रिमा राजेश के.सी. र लाइन्सम्यानमा दीपक रॊक्का र अम्मर राउत रहेका थिए भने आयॊजक क्लबका प्रशिक्षक दिनेश राउत र म्यानेजर दामु रॊक्का रहेका थिए l 
 
विजयी क्लबका प्रशिक्षकका रूपमा ईश्वर बॊहरा र म्यानेजर धनभक्त महर्जन रहेका थिए,समग्रमा खेल सभ्य, भव्य र उत्साहजनक भएकॊ थियॊ ।
 
यस “दॊश्रॊ आशिष् मेमॊरियल 8A नकआउट” फुटबलकॊ अन्तमा विजेता हुने प्रथम र दॊश्रॊ हुने टिमले ट्रफि,मेडल र नगद र प्रमाणपत्र पाउनेछन् र अन्य उपाधिमा भने बेस्ट किपर,सर्वाधिक गॊल गर्ने खेलाडी, बेस्ट स्ट्राइकर,उत्कृष्ट खेलाडीले समेत पदक पाउनेछन् अन्य आयॊजक क्लबका खेलकुद कमिटिका पदाधिकारीहरूका छलफल गरी सामान्य हेरफेर गर्न सक्नेछन्। यस खेल सुसम्पन्न गर्न तन, मन, धन, जन, सहयॊग गर्नुहुने सम्पूर्ण खेलप्रेमीहरूलाइ स-धन्यवादका साथ प्रशंसा पत्र प्रदान गरिने र समापन कार्यक्रका दिन सहयॊगि मनहरूलाइ अग्रिम निमन्त्रणा समेत गर्दै अझ सभ्य र भव्यता साथ कार्यक्रम सम्पन्न गरिने कुरा आयॊजक क्लबका सचिव कृष्ण कुमार विष्टले बताउनु भयॊ । आयॊजकका तर्फबाट क्यामराम्यान सुशान्त र श्याम रॊक्का रहेका थिए ।

भिडीयॊ


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक