Similar Articles

विश्व नेपाली समाचार (World)

भारतमा रहेका पत्रकारलाई पुन: महासंघमा आवद्ध हुन अपिल

बिराट नेपाल

अर्जुन खनाल /नयाँ दिल्ली
विभिन्न देशमा नेपाल पत्रकार महासंघको शाखा बिस्तार  à¤­à¤‡à¤°à¤¹à¤à¤¦à¤¾ छिमेकी मुलुक भारतमा भने पूर्ण समितिको शाखा बिस्तार हुन  à¤¸à¤•à¤¿à¤°à¤¹à¥‡à¤•à¥‹ छैन। तदर्थ समिति गठन भएको करिब एक साल  à¤¬à¤¿à¤¤à¤¿à¤¸à¤•à¥à¤¦à¤¾ पनि पूर्ण समिति गठन हुन नसकेको हो।

महासंघ भारत शाखाले आज एक  à¤ªà¥à¤°à¥‡à¤¸ विज्ञप्ति जारी गरी भारतमा रहेका सम्पूर्ण पत्रकारलाई पुन: महासंघको दायरामा रही सम्पूर्ण प्रक्रिया पुरा गरी आबद्ध हुन आपिल गरेको छ।यस अघि पनि पत्रकार महासंघ भारत शाखाले  à¤šà¥ˆà¤¤à¥à¤° ८ गते प्रेस विज्ञप्ति जारी गरेको थियो ।

भारतमा कार्यरत नेपाली पत्रकारलाई सङ्गठित गर्ने उद्देश्यले महासंघको गठन प्रक्रिया आगाडि बढाइएको थियो। भारतको उत्तराखण्ड, दिल्ली, हरियाणा, उत्तर प्रदेश, मुम्बई आदि क्षेत्रमा कर्यरत नेपाली पत्रकारलाई समेट्ने क्रममा केही पत्रकारको प्रक्रिया नपुगेको, केही मिडियाले नै मान्यता नपाएको जस्ता आदि समस्याले गर्दा ढिलासुस्ती भएको तदर्थ समितिका सचिव ‍गोविन्द पोख्रेलले जनाकारी दिएका थिए ।

यही मई महिनाको २९ तारिकका दिन महासंघको अधिवेशन तय भएको थियो। हामीले सम्पूर्ण कार्य पूरा गरेका थियौ । भारतमा भएका सम्पूर्ण नेपाली सङ्घ संस्थालाई पनि पत्र काटेका थियौ कारणबस हाम्रो अधिवेशन केही पर सरेको छ त्यसैले अझै पनि भारतमा कर्यरत कोही पत्रकार छुटेको भए यही सूचनालाई अधार मानी महासंघमा असार पहिलो साता भित्र नै आवद्ध हुन आग्रह गरेको तदर्थ समितिका अध्यक्ष लोकेस शाह बताउनु हुन्छ ।भारतमा रहनु हुने पत्रकारले निम्न नम्बरहरु +९१-८१३०८२०७३०,+९१-९९७१७४७८९८ र +९१-९८१०२९९०४४ मा सम्पर्क गरी महासंघमा आवद्ध हुन सकिने जानकारी दिइएको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक