Similar Articles

विश्व नेपाली समाचार (World)

हङकङ च्यारीटी हाईकिङमा नेपाली म्याराथन धावक वैकुण्ठ मानन्धर

बिराट नेपाल

अनोज रोक्का - सहारा क्लब हङकङले च्यारिटी हाईकिङ्सँगै स्वर्णपदक विजेता वैकुण्ठ मानन्धरलाई पनि सम्मान गर्ने भएको छ । जेठ ३० (जुन १२) गते हङकङका प्राकृतिक पर्यटकिय स्थानहरुमा धावक मानन्धर हङ्कङेली नेपालीहरू सँगै हाईकिङ्मा निस्कने छन् ।
 
मानन्धर सन १९८४ काठमाण्डौ, १९८५ ढाका, १९८६ कोलकता, दक्षिण एसियाली खेलकुद प्रतियोगिताको म्याराथुन तर्फ स्वर्ण पदक विजेता हुन् । ढाकामा एथलेटिक्सका धावक वैकुण्ठ मानन्धरले जितेको स्वर्ण नेपालको एकमात्र पहिलो पदक थियो । हाईकिङ् पश्चात् राखिने कार्यक्रममा धावक मानन्धर सहित नेपालको तर्फबाट ओलम्पिकमा सहभागी हुने मध्येका एक बक्सिङ् खेलाडी नामसिंह थापा मगरलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ ।
 
हङ्कङमै बसोबास गर्ने देव गुरुङ्, बराह ज्वेलरीका शिव लामिछाने, दगोर्खाज होल्डिङ्का प्रकाश पुन, तमु समाज हङ्कङका कोमल गुरुङ लगायत समितिका सल्लाहकार र नेपाल एयरलाईन्सको विशेष सहयोगमा आयोजित कार्यक्रमबाट हङ्कङमा रहेका नेपालीहरूलाई स्वास्थ्य सम्बन्धी जनचेतनासँगै खेलकुदलाई प्रर्वद्धन गर्न पनि सहयोग पुग्ने क्लबका अध्यक्ष दीपक गुरुङ् बताउँछन् ।
 
साँढे १२ किलोमिटरको हाईकिङ् यात्रा बिहान साँढ ७ बजे सुरु भएर सेन्टल फेरी पिक हुदँै वल्ड पीक रोड, राउण्ड पिक, अवरडिन कन्ट्रीपार्कमा समापन हुने समितिका प्रमुख सल्लाहकार मास्टर तुलसी गुरुङ् बताउँछन भन्छन्– “हङ्कङमा रहेको उत्कृष्ट सम्पदा र प्राकृतिक रमणीय स्थानको अवलोकनको लागि पनि यो अवसर महत्त्वपूर्ण हुनेछ ।”



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक