Similar Articles

नेपाली घरको सहयोगार्थ खेम गुरुङ अमेरिका आउँदै

बिराट नेपाल

नातिबाबु भट्ट, जुन १० , २०१६, कोलोराडो
बहुचर्चित गीत “बारी जमुना पारी जमुना”का गायक खेम गुरुङ उत्तर अमेरिकाको विभिन्न सहरमा कार्यक्रम गर्ने उद्धेश्यले अमेरिका आउने भएका छन् ।  à¤•à¥‹à¤²à¥‹à¤°à¤¾à¤¡à¥‹ स्थित नेपालीहरूको साझा संस्था नेपाली घरको सहयोगार्थ सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनी अमेरिका आउन लागेका हुन् । उनलाई अमेरिकाको भिसा दिलाउन नेपाली घरले विशेष पहल गरेको थियो । 

नेपालीहरूको भाषा, संस्कृति, रहन सहन, भेष भूषाको संरक्षणार्थ एक नेपाली घर निर्माण गर्न अघि बढिरहेको नेपाली घरले सबै सङ्घ संस्था, समुदाय तथा व्यक्ति सँग हातेमालो गर्दै अगाडी बढ्ने र स्थानीय श्रोत र साधन पहिचान तथा परिचालन गर्ने नीति लिए अनुरूप यस्तो सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । बहुचर्चित युवा गायकको लोकप्रिय गीत सँगै रम्न कार्यक्रम आयोजना गर्न चाहनु हुने महानुभावहरुलाई नेपाली घरले निकट भविश्यमानै सम्पर्क व्यक्तिको नाम तथा नम्बर सार्वजनिक गर्ने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् । उनले नेपाली घरको संयोजनमानै सबै कार्यक्रम हुने जनाएका छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक