Similar Articles

प्रेस बिज्ञप्ती

नयाँ शक्ति नेपालको पार्टी - प्रेस विज्ञप्ति

बिराट नेपाल

२०७३ जेठ २९
प्रेस विज्ञप्ति

नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभा सम्पन्न गर्नकालागि देवेन्द्र पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र विभिन्न कामको प्रकृतिअनुसार काम सम्पन्न गर्न १४ वटा उपसमितिहरु गठन भई आ–आफ्नो काम सम्पन्न गर्ने क्रममा छन् । आर्थिक समिति, जनपरिचालन व्यवस्थापन, प्रतिनिधि पर्यवेक्षक आवास व्यवस्थापन, मन्च व्यवस्थापन, छलफल सत्र व्यवस्थापन, अतिथि सत्कार, प्रचार प्रसार र प्रकाशन, सांस्कृतिक टिम परिचालन, स्थास्थ्य व्यवस्थापन, स्वयंसेवक परिचालन, संघसंस्था निमन्त्रणा, कार्यालय व्यवस्थापन, भोजन व्यवस्थापन समितिहरू उपसमितिका रूपमा गठन भएका छन् । 

इभेन्ट म्यानेजमेण्टलाई व्यावसायिक ढङ्गले मञ्च व्यवस्थापनको जिम्मा दिइएको छ । 
अडियो, भिडियो, प्रिन्ट सामग्री तयार गरी विभिन्न सञ्चार माध्यममार्फत प्रचार–प्रसारको काम भइराखेको छ । 

देशैभरि र प्रवासबाट समेत गरी एक लाख १४ हजार पाँच सय ४६ जनाको सदस्यता फारम प्राप्त भएको छ । 

अतिथिका रूपमा देशभित्र क्रियाशील राजनैतिक दलहरूलाई, व्यवस्थापिका–संसदका सदस्यहरूलाई विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, नागरिक समाज, पेशागत सङ्गठन तथा मिडिया सम्बद्ध संस्था तथा व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ । 

विदेशी मित्रहरू खासगरी वैकल्पिक राजनीतिक पार्टीहरूलाई आमन्त्रण गरिएको छ । यसै क्रममा बेलायत, कोसोभो, हंगेरी, श्रीलंका, भुटान, भारत, चीन, पाकिस्तान, बङ्गलादेशमा क्रियाशील राजनैतिक पार्टीहरू छन् । जसमध्ये युरोपियन अल्टरनेटिभ, रेड पार्टी नर्वे, द अल्टरनेटिभ डेनमार्कबाट आफ्नै पूर्वनिर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेको जानकारीसहित शुभकामना पत्र प्राप्त भएको छ । 

देशभित्र रहेका २५ भन्दा बढी देशका राजदूतहरुलाई आमन्त्रण गरिएको छ, सभामा उहाँहरूको उपस्थिति हुनेछ । 

देशभरका एक लाख भन्दा बढी सदस्यहरू स्वयम् उपस्थिति भई सामूहिक रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेकोले सो सभालाई व्यवस्थापन गर्न उपत्यकाका कालिमाटी, कुपण्डोल, रत्नपार्क, तिनकुने गरी चार स्थानबाट कार्यक्रमस्थल रङ्गशालामा ¥याली केन्द्रित हुनेछ । उक्त ठाउँबाट ट्राफिक व्यवस्थापन गर्दै नियमित आवागमनमा कुनै असर नपर्ने गरी रङ्गशालासम्मको यात्रा तय गरिएको छ । ¥याली ठिक १२ बजे रङ्गशाला पुग्नेछ र कार्यक्रम आरम्भ हुनेछ । त्यसै अवसरमा विभिन्न राष्ट्रियताहरूको भेष–भूषा सहितका झाँकीहरु प्रदर्शन गरिनेछ । 

जेठ ३१ र ३२ गते कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा छलफल सत्रको आयोजना गरिएको छ । सो छलफल सत्रमा ‘नयाँ शक्तिका आधारतत्व’ शीर्षकमा राजनैतिक प्रतिवेदन, सङ्गठनात्मक सिद्धान्त र विधान र ‘विकास र समृद्धिको मार्ग–चित्र’ शीर्षकमा अर्को दस्ताबेज गरी तिनवटा दस्ताबेज प्रस्तुत हुनेछ । उक्त दस्तावेजहरुउपर छलफल गर्न प्रतिनिधिहरूलाई दश समूहमा विभाजन गरिनेछ । दस्ताबेजलाई सुझाव सहित अन्तरिम रूपमा लागू गर्ने गरी महाधिवेशनसम्मै छलफलमा जाने गरी पठाईनेछ । 

यसरी पार्टी घोषणा, सामूहिक शपथ–ग्रहण एवं छलफल सत्र सम्पन्न गरी एक वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ने घोषणा हुनेछ । त्यसपछि स्थानीय र प्रदेश स्तरका अधिवेशनहरु सम्पन्न गरिनेछन् ।
अन्तमा, राष्ट्रिय भेला सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । खासगरी प्रचार–प्रसारमा श्रव्य, श्रव्य–दृश्य, प्रिण्ट, अनलाइन, तथा सिनेमाहल लगायतका सबै माध्यमबाट  à¤ªà¥à¤°à¤šà¤¾à¤° सामग्री सम्प्रेषण गर्न सहयोग पु¥याउनुहुने सबै सञ्चार माध्यमहरुप्रति हार्दिक आभार प्रकट गर्दै निरन्तर सहयोगको अपेक्षा पनि गर्दर्छौं ।

अनुमानित आर्थिक अवस्था 
आम्दानी

–सदस्यता शुल्कः एक लाख १४ हजार पाँच सय ४६ सदस्यको रेकर्ड प्राप्त भएको, जसबाट प्राप्त हुने रकम – रु. एक करोड २० लाख २७ हजार तीन सय ३० 
– प्रतिनिधि (१५००) को प्रवेश शुल्क रु. ५०० का दरले रु. सात लाख ५० हजार 
– सचिवालय सदस्यहरूबाट रु १०,००० का दरले रु. छ लाख ६० हजार 
– अन्तरिम केन्द्रीय परिषदका सदस्यहरूलाई कम्तीमा रु. पाँच हजारमा नघटाई स्वेच्छिक सहयोग गर्न अनुरोध गरिएको छ । जसबाट कम्तीमा रु. १० लाख उठ्ने अनुमान गरिएको छ । 
– समर्थकहरुबाट प्राप्त सहयोग – रु. २५ लाख
– बैङ्क खातामा हाल बचत रहेको रकम – रु. सात लाख २७ हजार नौ सय ९३

कुल –एक करोड ७६ लाख ६५ हजार तीन सय २३

(नोटः अन्तरिम केन्द्रीय परिषद्का सदस्यहरूबाट आउने रकम अनुमानित हो, यसका आधारमा कुल रकम केही फरक पर्न सक्छ ।)

खर्च
– प्रचार–प्रसार, प्रकाशन                â€“ रु. ३७ लाख
– पार्टी घोषणा सभा व्यवस्थापन (मञ्च लगायत सम्पूर्ण व्यवस्थापन) – रु. २० लाख
– छलफल सत्रको खर्च (दुई दिनको)        â€“ रु. १२ लाख
– प्रतिनिधिहरूलाई बसोबास सहितको व्यवस्थापन        â€“ रु. १४ लाख 
– जनपरिचालन खर्च                       â€“ रु. १० लाख
– विविध                      â€“ रु. १२ लाख
       à¤•à¥à¤²                         à¤°à¥. एक करोड पाँच लाख
 
––––––––––––––––––
खिमलाल देवकोटा
प्रवक्ता, नयाँ शक्ति नेपाल


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक