Similar Articles

प्रेस बिज्ञप्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज - प्रेस विज्ञप्ति

बिराट नेपाल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति (२०१६-२०१८) को निर्वाचन सम्पन्न गर्न यही मिति २०१६ मे २८, २०१६ को निर्णयानुसार देहायबमोजिम आजीवन सदस्य अध्याबधि समिति र निर्वाचन समिति गठन भई बोर्ड अफ ट्रष्टीबाट स्वीकृत भएको र सो को घोषणा यही जुन ५, २०१६ मा सम्पन्न रजतजयन्ती समारोहमा भएको सहर्ष जानकारी गराउन चाहन्छौ : 

आजीवन सदस्य अध्याबधि समिति:
डा. खगेन्द्रप्रसाद लुइँटेल- संयोजक 
शिव लामिछाने –सदस्य
गोवर्धन पूजा –सदस्य 

निर्वाचन समिति:
श्री तीर्थराज पाण्डे -प्रमुख निर्वाचन आयुक्त 
श्री भीम कट्टेल –निर्वाचन आयुक्त 
श्रीमती उमा कार्की थापा –निर्वाचन आयुक्त 

विगतका दिनमा अनेसासको आजीवन सदस्यहरूको विवरणमा कुनै नाम छुट हुन गएको भए, सदस्यहरूको नाम, ठेगाना वा इमेल ठेगाना सच्याउनु पर्ने भए वा यस अवधिमा सदस्य बनेका तर त्यसको सदस्यता शुल्क र विवरण केन्द्रमा बुझाउन बाँकी भए सो को रकम केन्द्रको वेबसाइट www.inls.org मार्फत भुक्तानी गरी त्यसको रसिद सहित उक्त आजीवन सदस्यहरूको विवरण यही जुन १७, २०१६, सम्ममा drkhalu@yahoo.com, shivalamichhane@hotmail.com, gpooja1970@gmail.com  à¤®à¤¾ प्राप्त हुने गरी पठाउनु हुन हार्दिक अनुरोध गर्दछौँ । यस पश्चात् प्राप्त हुने सदस्यहरूको विवरण यस निर्वाचन प्रयोगका लागि समावेश गर्न नसकिने व्यहोरा पनि अबगत गराउन चाहन्छौँ ।

यसका अतिरिक्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको निर्वाचनसम्बन्धी कार्य तालिका छिट्टै निर्वाचन समितिबाट प्रकाशन हुने विश्वास राख्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र,  à¤§à¤¾à¤§à¤²à¥€à¤°à¤¹à¤¿à¤¤ र प्रजातन्त्रिकरुपमा सम्पन्न गर्न गराउन निर्वाचन समितिलाई सहयोग गर्नुहुन पनि सबै क्षेत्रमा हार्दिक अनुरोध गर्दछौँ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक