Similar Articles

प्रेस बिज्ञप्ती

NEPAL ASSOCIATION OF NORTHEN CALIFORNIA

बिराट नेपाल

बिज्ञप्ति

जुन १४, २०१६

हामी नेपालीहरुको लागि सान फ्रान्सिस्को वे एरियामा सामुदायिक केन्द्र स्थापनाको बिषयमा देखा परेका केहि  मतभेदहरुलाई कसरी सम्बोधन गर्न  सकिन्छ भन्ने बिषयमा नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्निया निरन्तर लागि रहेको यथार्थ जग जाहेर छ। सोहि बिषयलाई सम्बोधन भन्दै सम्पूर्ण पक्षलाई समाबेसी समेत बनाउदै अघि बड्न  एउटा ७ सदस्यीय “समन्वय समिति” गठन गरि विभिन्न संघ संस्थाहरुसंग सम्बाद एबं अन्तरक्रिया गर्दै गएको थियो I सबै समस्याको समाधान सम्बाद नै हो भनि सरोकारवाला सबैसंग हामी पटक पटक छलफल गर्दै अगाडी बढी रहेको ब्यहोरा सबैलाई जानकारी नै छ I

यसै सन्दर्भमा सान फ्रान्सिस्को बे एरियामा क्रियाशील नेपाली पत्रकारहरुको सक्रियतामा स्थानिय समाजसेबी, संघ-संस्थाका प्रतिनिधि, पत्रकार, ब्यबसायीहरुको बिशेष उपस्थितिमा जुन १२, २०१६का दिन सान फ्रान्सिस्कोस्थित अर्बान करी रेस्टुरेन्टमा आयोजना गरिएको अन्तरकृया कार्यक्रम समसामयिक भएको र सह्रानीय थियो।यसबाट लामो समय देखि अल्झिरहेको विवादको अन्त्य भएको छ र यसबाट निस्केको निष्कर्ष  स्थानिय नेपालीहरुको हितमा भएकोले उपलब्धि मुलक छ। उक्त कार्यक्रममा भएको प्रश्नोत्तर, राय र सुझावको आधारमा निम्न निर्णय गर्दै नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्नियाका तर्फबाट अध्यक्ष - तेज राई र नेपाली कम्युनिटी सेन्टरको तर्फबाट - अध्यक्ष उत्तम कार्कीले निम्न अनुसार सहमति गरिएको छ।

१. नान्सको प्रस्तावित बिशेष समितिको नेतृत्व बर्तमान नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष श्री उत्तम कार्कीज्युबाट गर्ने,
२. अब बन्न जाने कम्युनिटी सेन्टरको नाम नेपाली कम्युनिटी सेन्टर रहने,
३. बन्न जाने समितिको नाम नेपाली कम्युनिटी सेन्टर समिति रहने,
४. अब बन्ने समितिमा स्थानिय नेपाली संघ-संस्था, चन्दादाता, महिला, युवा सबैलाई समावेश गरि गठन गरिने,
५. यहाँ सम्बोधन हुन नसकेका बिषयलाई समिति गठन पछि सम्बोधन गरिने।


यस सम्बन्धमा जुन १३, २०१६ का दिन बेलुकी ८ बजे गरिएको यस  संस्था (NANC)को कार्य समितिको टेलिकन्फेरेन्स मिटिङ्गको निर्णय नं २ ले अनुमोदन गर्नका साथै स्वागत गरेको छ साथै यस बिध्यमान परिस्थितीलाई सहज बनाउन गठित समन्वय समिती र सम्पूर्ण पत्रकार, उपस्थित समाजसेबीहरुको कामलाई पनि सह्राहना गर्दै धन्यवाद प्रस्ताब पारित गरिएको जानकारी गरिन्छ।

अन्तमा,  भविष्यमा यस्तै सकारात्मक कदमको अपेक्षा गर्दै सबै पक्षबाट भएका सकारात्मक सहयोग, सुझाव प्रदान गर्नु  हुने सबैलाई धन्यवाद प्रदान गरिन्छ।

कैलाश थापा
महासचिब 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक