Similar Articles

विश्व नेपाली समाचार (World)

मिसेस साउथ एसिया क्यानडामा नेपाली अनुहार

बिराट नेपाल

गोकर्ण लामिछाने, ब्राम्टोन, क्यानडा । 
झन्डै एक दशक देखी क्यानडा रहदै आएकी नेपाली चेली सारा मकुची ‘खनाल ‘यतिबेला एक ‘ब्युटी प्रिजिएन्ट’ प्रतियोगिताको तयारीमा जुटिरहेकी छिन् । रागा मोडल एण्ड रागा प्रोडक्सनले गर्न लागेको  â€˜à¤®à¤¿à¤¸à¥‡à¤¸ साउथ एसिया क्यानडा’ मा  à¤¸à¤¹à¤­à¤¾à¤—ी हुन लागेकी सारा यो प्रतियोगिता टाइटल जित्ने सपना सहित आफ्नो तयारीमा व्यस्त छिन् ।

साउथ एसियाका महिला मात्रा सहभागी हुन पाउने यस प्रतियोगितामा नेपालीको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिति जनाउने छिन् । यो सौन्दर्य प्रतियोगिता भए पनि साउथ एसिएन कल्चर, सिग्निफिकेन्ट हेरिटेज लगायतका विषयमा  à¤¸à¤®à¥‡à¤¤ सहभागीहरुलाई प्रश्न सोधिने छ प्रतियोगीको क्षमता,आत्मविश्वास,व्यक्तित्वका आधारमा विजेता छानिने छ ।

जुलाई २३ मा क्यानडाको ब्राम्टोनस्थित रोज थियटरमा हुने यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिति जनाउनु नेपाल र नेपालीको लागि गौरव विषय बनेको छ । यो अवसरलाई सफलतामा बदल्दै प्रतियोगिता आफू विजय हुने आशा सहित फाइनल चरणको तयारीमा जुटिरहेको सारा बताउछिन् ।

यस प्रतियोगितामा उत्कृष्ठ महत्वपूर्ण अवार्ड ‘पिपुल्स च्वाईस अवार्ड’ पनि राखिएको छ यो अवार्डमा जिताउनका लागि फेसबूक प्रयोगकर्ताले आफ्नो फेसबूकमा गई यो लिन्कमा facebook.com/Shara-Micucci-For-Mrs-South-Asia-Canada-2016  à¤²à¤¾à¤‡à¤• गरी सहयोग पुर्याउन साराले आग्रह गरेकी छिन् ।

१० बर्ष अगाडी पढाईको शिलशिलामा क्यानडा आएकी सारा  à¤à¤• सफल ब्यिटिसियन ब्यबसायी पनि हुन् उनको क्यानडामा आफ्नै ब्यवसाय छ ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक