Similar Articles

प्रेस बिज्ञप्ती

एएनए कार्यकारिणी समिति- प्रेस विज्ञप्ति

बिराट नेपाल

प्रेस विज्ञप्ति

- : हार्दिक निमन्त्रणा : -

सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरू,
उत्तरी अमेरिकामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो राष्ट्रिय संस्था 'अशोसिएसन ऑफ नेपलिज इन अमेरिका' (एएनए) को आगामी २०१६ जुलाई १ देखि ४ सम्म जर्जिया राज्य को एटलाण्टा सहरमा भव्य राष्ट्रिय सम्मेलन हुँदै छ। आफ्नो स्थापना काल देखि नै जुलाई को पहिलो हप्ता को लामो बिदा पारेर यस संस्थाले आफ्नो राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ। 

प्रवासमा नेपाली पहिचानको स्थापना तथा अधिकारको रक्षा अनि मातृ-भूमिको दु:ख-सुखमा सहभागी हुने पवित्र उद्देश्यका साथ सन् १९८३ मा स्थापित यस संस्थाले स्थापना काल देखि नै क्यानडा तथा उत्तरी अमेरिकामा रहेको नेपालीहरूलाई आफ्नो उदेश्य अनुसार विभिन्न गतिविधिहरूमा साथ माग्दै, साथ दिँदै आएको कुरा छर्लङ्ग नै छ । 

आफ्नो यात्राको ३३ सम्मेलन भव्यता पूर्वक मनाउने हाम्रो तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ । हरेक वर्ग, धर्म, उमेर र सबै खाले इच्छा-चाहना सबैलाई समेट्न सकु भनेर धेरै थरी का कार्यक्रमहरूको आयोजना गर्न गइरहेका छौ। विभिन्न पत्र-पत्रिका, कार्यक्रम तथा सामाजिक संजालहरु मार्फत हामीले यहाहरु सबैलाई कार्यक्रमको विस्तृत जानकारी गराइरहेका छौ। 

यदि तपाईँ कुनै पनि नेपाली सङ्घ-संस्थाहरू,दाजु-भाइ तथा दिदी-बहिनीहरूले हाम्रो निमन्त्रणा प्राप्त गर्नु भएको छैन भने यसैलाई आधिकारिक निमन्त्रणा मानी आफ्ना साथी-संगी, छर-छिमेक सबै तिर यस सम्मेलनको जानकारी गराउदै यहाहरु सबैको सपरिवार उपस्थितिको निमित्त हार्दिक अनुरोध गर्दै सादर निमन्त्रणा गर्दछौ। 

सम्मेलन स्थल: 
2000 Century Boulevard NE, 
Atlanta, GA - 30345 (Marriott Hotel)

सम्मेलन को विस्तृत जानकारी का लागी:  http://anaconvention2016.dwork.co/

रोजर अधिकारी
अध्यक्ष तथा एएनए कार्यकारिणी समिति


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक