Similar Articles

विश्व नेपाली समाचार (World)

बङ्गलादेशले फेरि दियो एक लाख क्विन्टल चामल

बिराट नेपाल

बंगलाबन्द (बङ्गलादेश) बङ्गलादेश सरकारले नेपालका भूकम्पपीडितका लागि पुनः एक लाख क्विन्टल चामल उपलब्ध गराएको छ । शनिवार भारत–बङ्गलादेश सिमानाका फुलबारी बंगलाबन्दमा बंगलादेशी अधिकारीले नेपाली अधिकारीलाई उक्त चामल हस्तान्तरण गरे । 

नेपालका तर्फबाट झापाका निमित्त प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले दोस्रो चरणको राहतको चामल जिम्मा लिएका छन् । बङ्गलादेश सरकार विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका निर्देशक मोहमद अनिसुर रोहमानले नेपाललाई दोस्रो चरणको राहतको चामल हस्तान्तरण गरेका हुन् ।

चामल हस्तान्तरण गर्दै रोहमानले नेपालको दुःखमा बङ्गलादेशको निरन्तर साथ रहने बताए । उनले भने, ‘हामीले पनि विपद्को धेरै सामना गरेका छौँ । त्यसैले विपद् पर्दा छिमेकी मुलुकलाई सहयोग गर्नु हाम्रो कर्तव्य हुन्छ ।’ उनले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले नेपालका लागि दोस्रो चरणको राहत उपलब्ध गराएको बताए ।

राहतको चामल जिम्मा लिँदै झापाका निमित्त प्रमुख जिल्ला अधिकारी सापकोटाले बंगलादेशी प्रधानमन्त्रीको सहयोगका लागि नेपाली पक्षका तर्फबाट धन्यवाद दिए । उनले बङ्गलादेशको सहयोग नेपालका भूकम्पपीडितका लागि ठुलो सहयोग भएको बताए । सापकोटाले भने, ‘नेपालका भूकम्पपीडितका लागि बङ्गलादेश सरकारले गरेको सहयोगका लागि हामी कृतज्ञ रहनेछौं ।’

शनिवार दसवटा ट्रकमा दुई सय ५० मेट्रिक टन चामल काँकडभिट्टा आइपुगेको छ । उक्त परिमाणको चामललाई झापास्थित नेपाल खाद्य संस्थानका गोदाममा सञ्चित गरेर राखिने निमित्त प्रमुख जिल्ला अधिकारी सापाकोटाले बताए । उनले भने, ‘अहिलेलाई झापाका चन्द्रगढी र बिर्तामोडमा रहेका खाद्य संस्थानका गोदाममा राखिनेछ । नयाँ आर्थिक वर्ष सुरु भएपछि हामी भूकम्प प्रभावित क्षेत्रमा पु¥याउनका लागि ढुवानीको व्यवस्था मिलाउनेछौं ।’

बङ्गलादेश सरकारले तोकेको दस हजार मेट्रिक टन चामल एक महिनाभित्र नेपाल आइपुग्ने बताइएको छ । बङ्गलादेशले गत साल भूकम्प गएको लगत्तै दस हजार मेट्रिक टन चामल नेपाललाई राहतस्वरूप प्रदान गरेको थियो । तर धेरै समय बित्दा पनि भूकम्प प्रभावित क्षेत्रमा उक्त चामल नपु¥याएको भन्दै सरकारको आलोचना भइरहेको छ । लामो समयसम्म उक्त चामल सञ्चित गरेकाले धेरै चामल बिग्रिन थालेको थियो । अझै पनि झापाका गोदाममा करिब १२ सय क्विन्टल चामल ढुवानी हुन बाँकी छ ।

शनिवार राहतको चामल जिम्मा लिन नेपालका तर्फबाट निमित्त प्रजिअ सापकोटालगायत नेपाल पारवहन तथा गोदाम व्यवस्थापन काँकडभिट्टाका प्रमुख यादवराज शिवाकोटी, मेची ट्रान्सपोर्ट एसोसिएसनका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाईं (एसपी), भन्सार अधिकृत निर्माण भट्टराई तथा पत्रकारको टोली बङ्गलादेश र भारतको सिमानाका बंगलाबन्द पुगेको थियो । अन्नपूर्ण पोस्टबाट



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक