Similar Articles

विश्व नेपाली समाचार (World)

कवि चौधरीको अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा एकल विश्व काव्य यात्रा सम्पन्न

बिराट नेपाल

आर. पी. मैनाली, अस्ट्रेलिया ।
प्रेमिल काव्य सिर्जनामा एक दशकभन्दा लामो अवधिदेखि निरन्तर आबद्ध कवि/गीतकार वसन्त चौधरी कवितामा माया प्रेम मात्र खोज्दैनन्, देशप्रेमको न्यानो अँगालो पनि खोज्छन् । गीत अनि गजलमा उत्साह र उमंग मात्र होइन कि साहस र प्रेरणा पनि थप्छन उनी ।

यिनै कवि वसन्त चौधरी शनिवार अस्ट्रेलियाको सिड्नीमा नेपालीहरू माझ उन्मुक्त गुन्जिए । अस्ट्रेलियामा एकै खाले कार्यक्रम हेर्दा हेर्दा फरक खोजिरहेको अवस्थामा साँच्चि नै चौधरीको एकल विश्व काब्य यात्राबाट सिड्नीबासी नेपालीहरूले नयाँ स्वाद र प्रस्तुतिको अनुभव गरे ।

“आधा उमेर आफ्नो सपना छरेको छु,
कुन्नि कति फलेको छु, कति झरेको छु ।

त्यसो त जीवनयात्रा मरुभूमि भैंm थियो,
सपनामा चाँहि धेरै, खोला तरेको छु ।

अनगिन्ती सास त हो फेरेँ उमेर भरी
थाहा छैन आपैmभित्र म, कतिको मरेको छु ।

चाहना सुनामीभित्र डुब्दै गइरहेँ म
गन्तव्य खै कहाँ छ, छालमै परेको छु ।

कस्तो छ क्षण यो कस्तो यसमा म खै जिएको
तर मर्न निम्ति जिउने, बाचा गरेको छु ।”

वसन्त चौधरीको यो भावसँगै एक छिन सिड्नीको हल तालीले गुन्जायमान भयो । साँच्चै सिड्नीबासी नेपालीहरूले नौलो र फरक कार्यक्रममा सहभागी हुन पाएको अनुभव गरे । उनीहरू अल्हादित रहे, साँच्चै नेपालमै भएको महसुस गरे । 

एन.आर.एन. अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल भन्दै थिए – ‘मन छुने साहित्यिक प्रस्तुतिले आनन्द आयो ।’ एन.आर.एन.आई.सी.सी. सदस्य बालचन्द्र भट्टराईले थपे – समसामयिक विषयका तिख्खर मायाका कविता समेटिएको यस्तो साहित्यिक कार्यक्रमले वास्तवमा नै नौलो अनुभूति र स्वाद बाँडेको छ ।’

चौधरीको यो एकल प्रस्तुतिमा सिड्नीबासीलाई आफ्ना एकल सिर्जना पस्कन पाउँदा साहित्यकार चौधरी पनि उत्साहित देखिन्थे । उनले भने – “म तपाईँहरूको माया र स्नेहले नै सिर्जनाका शब्दहरू बुन्ने गर्छु ।”

नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासी नेपालीबीच जीवन्त राख्ने अभिप्रायले विश्व काव्य यात्रा प्रारम्भ भएको पनि कवि चौधरीले बताए । सिड्नीमा शनिवार चौधरीको कविता सुन्न स्थानीय साहित्यप्रेमी लगायत समाजसेवीहरुको घुइँचो लागेको थियो । प्रारम्भमा न्यू साउथवेल्स राज्यका महाबाणिज्यदूत दीपक खड्काले कवि, उद्योगपति वसन्त चौधरीलाई खादा र मालाले स्वागत तथा सम्मान गरेका थिए ।

“अस्ट्रेलियाको सिड्नीस्थित प्रवासी नेपालीहरूद्वारा सञ्चालित ‘साताको साहित्य डट कम’ आयोजक रहेको उक्त काव्यिक कार्यक्रम कवि÷गीतकार चौधरीको १७ औं श्रृङ्खला थियो । 

उक्त कार्यक्रममा सिड्नीमा रहेका समीर आचार्य, सुजाता उपाध्याय मानन्धर र सञ्जीव पराजुलीले आफ्ना सुमधुर स्वर मार्फत् कवि÷गीतकार चौधरीका गीतहरू प्रस्तुत गर्दा वातावरण निकै रोमाञ्चक बनेको थियो । 

यो साताको साहित्य डट कम संयोजक रहेको कवि/गीतकार चौधरीको एकल विश्व काब्य यात्रा सिड्नी श्रृंखला सकिए लगत्तै चौधरी नेपालीहरूको बाक्लो उपस्थिति रहेको अस्ट्रेलियाको अर्को ठुलो सहर मेलवर्न हुँइकिए र त्यहाँका दर्शकश्रोतालाई पनि प्रसन्न तुल्याए ।

गत असार १० गते शुक्रवार भने कवि चौधरी र चर्चित १० अष्ट्रेलियन कविहरूबीच नेपाल–अस्ट्रेलिया काब्यिक अन्तक्र्रिया भएको थियो, जसमा अङ्ग्रेजीमा अनूदित वसन्तका केही कविताहरूले प्रतिनिधित्व गरेका थिए । आजै अर्थात् असार १२ गते आइतबार अस्ट्रेलियाको मेलवर्नस्थित थर्नबरी नाट्य मञ्चमा नेपाली सोसाइटी, ल्याङ्ग्वेज एण्ड कल्चर (सोलाङ्चर) को आयोजनामा कवि÷गीतकार चौधरीको विश्व काव्य यात्राको १८ औं श्रृङ्खला प्रस्तुत गरियो । उक्त दुवै कार्यक्रममा कवि चौधरीले आफ्ना नवीनतम् र केही चर्चित पुराना गरी डेढ दर्जन काब्यिक बाँन्कीहरू प्रस्तुत गरे भने त्यसै अवसरमा मेलवर्नमा रहेकी स्मृति पोखरेलले आफ्नो कोकिल कण्ठमार्फत् कवि चौधरीका चर्चित गीतहरू गाएकी थिइन् ।

कवितालाई आफ्नो दोस्रो जन्मभूमि ठान्ने कवि चौधरीका कविता सुन्न अस्ट्रेलियामा भेला भएका साहित्यिक श्रोताले निमग्न भएर झन्डै एक घण्टा उनका कविता र गीतहरूको रसास्वादन गरेका थिए । स्थानीय साहित्यकारहरूका अनुसार कुनै पनि नेपाली काव्यगोष्ठीमा यति धेरै दर्शक उपस्थित भएको यो पहिलो अवसर हो । सधँै कामको चटारोमा हुने अस्ट्रेलिया जस्तो व्यस्त ठाउँमा यति धेरै चासो लिएर दर्शकश्रोता उपस्थित हुनु त्यहाँका नेपालीहरूको कवि वसन्त चौधरीको कविताप्रतिको सम्मोहन भएको अस्ट्रेलियामा बसोबास गर्दै आएका साहित्यकार निष्प्रभ सजीको भनाइ थियो । 

कवि चौधरीको अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा एकल विश्व काव्य यात्रा सम्पन्न
कवि चौधरीको अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा एकल विश्व काव्य यात्रा सम्पन्न
कवि चौधरीको अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा एकल विश्व काव्य यात्रा सम्पन्न
कवि चौधरीको अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा एकल विश्व काव्य यात्रा सम्पन्न
कवि चौधरीको अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा एकल विश्व काव्य यात्रा सम्पन्न
कवि चौधरीको अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा एकल विश्व काव्य यात्रा सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक