Similar Articles

विश्व नेपाली समाचार (World)

प्रवासी नेपाली राष्ट्रबादी समाजको बिदाइ कार्यक्रम सम्पन्न

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, दोहा, कतार । 
राप्रपा नेपालको वैचारिक सङ्गठन " प्रवासी नेपाली राष्ट्रबादी समाज दोहाका संस्थापक अध्यक्ष श्री रबिचन्द्र पौडेलको बिधाई तथा सम्मान कार्यकक्रम सम्पन्न भएको छ । सनैयास्थित एक सभाहलमा भएको सो कार्यक्रममा कार्यक्रमको अध्यक्षता स्वयम् पौडेलले गर्नु भएको थियो । उहा वैदेशिक रोजगारीको यात्रालाई अन्त्य गर्दै स्वदेश फर्कन लाग्नु भएको ले वर्तमान कार्यसमिती भङ्ग गरी गौतम रिजाल संयोजक रहेको १५ सदस्यीय अधिवेशन आयोजक तदर्थ समिति निर्माण गरिएको थियो । सो तदर्थ समितिले निबर्तमान अध्यक्ष श्री पौडेललाई खादा तथा कदर पत्रले सम्मान गरेको थियो । सो कार्यक्रममा समाजका महामन्त्री श्री राजन कार्कीले समाजको उन्नति र प्रगतिको लागि श्री रबिचन्द्र पौडेलले गर्नु भएको योगदानको कदर गर्नु भएको थियो । पौडेलले विकट परिस्थितिमा पनि अरू कसैको मतलब नगरी राष्ट्र र राष्ट्रियताका पक्षमा आफ्ना कदम सधैँ आगाडी बढाउनु भएको र अब उप्रान्त पनि ती कदम कतै नडगमगाउन भन्दै अबको नेपाल बसाइ सुखद रहोस् भनी शुभकामना दिनुभएको थियो । शुभकामना दिँदै समाजका सचिव श्री राजन घिमिरेले पनि आफूसँगै सहयात्रीका रूपमा रहनु भएका पौडेललाई बिधाई गर्दा आफूलाई नराम्रो महसुस भएको भए पनि विगतम सँगै बसेर समाजको काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै अबको उहाका हरेक कदम देश र जनताको भलाइका लागि आगाडी बढुन भन्दै शुभकामना दिनु भएको थियो ।
 
समाजका तर्फबाट दिपेश थापा, सुजन ठकुरी, मनोज पाण्डे लगायत अन्य केन्द्रीय कमिटिका साथीहरूले श्री रबिचन्द्र पौडेलको आउदा दिनहरू सफल हुन् भनी शुभकामना दिनुभएको थियो । सम्मान पत्र लिईसकेपछी श्री पौडेलले आफूलाई आज यो सम्मान दिएकोमा सम्पूर्ण राष्ट्रबादी साथीहरूलाई धन्यवाद दिनुभएको थियो । उहाँले साथीहरूलाई छाडेर जाने मन नभएको तर सधैँ भरि प्रदेश बस्नु भन्दा अब आफ्नै देशमा केही गर्ने सोच लिएको र म जहा गए पनि मेरो राष्ट्रबादी सोच कहिले बदलिने छैन भन्दै, आफूले पाएको माया सम्मानको लागि धन्यवाद दिनुभएको थियो । राप्रपा नेपाल पार्टी भित्र कुनै सैद्धान्तिक असहमति नभएको केही नेताहरू बिचको ब्याक्तीगत असमती भने रहेको त्यो पनि चाडै अन्त्य हुने विश्वास दिलाउदै तदर्थ समितिले अधिवेशन गराइ प्रवासी नेपाली राष्ट्र बादी समाज कतारलाई दोहामा एउटा सशक्त वैचारिक सङ्गठन बनाउन सङ्गठनका प्रबक्ता मेरा मित्र गौतम रिजाल लगाएतलाई सुभकमना दिन चाहन्छु साथै तपाइहरुसँग काम गर्दा भएका मेरा गल्ती कम्जोरीलाई सच्याउदै निरन्तर पार्टीले दिएको मेरो योग्यता क्षमताले भ्याए सम्म काम गर्नेछु भन्दै आफ्नो भनाई अन्त्य गर्नु भएको  à¤¥à¤¿à¤¯à¥‹ । 

कार्यक्रमको समापन गर्दै समाजका संयोजक गौतम रिजालले, रबिचन्द्र पौडेल जस्तो इमान्दार र सहायोगी साथी आफू र समाजबाट टाढा हुँदा उहाँको सधैँ अभाव खटकि रहनेछ भन्नुभएको थियो । उहाँले समाजका लागि गरेको योगदान इतिहासमा सदैव सुनौलो अक्षरले लेखिने भन्दै, श्री पौडेल जस्तो दक्ष व्यक्तिलाई पार्टीले आफ्नै देशमा राम्रो अवसर दिएर उहाँको सम्मान गर्नु पर्दछ भन्दै वैदेशिक रोजगारका क्रममा आफूले सिकेको शिप र ज्ञान नेपाली भूमिमा फैलाउन सफल हुनुहोस भन्दै शुभकामना दिनुभएको थियो । उहाँ जस्तो योग्य र कर्मठ सहयोगी मित्र आफूबाट आज बिदा हुन लाग्नु भएकोमा दुख लागेको भन्दै, उहाँले समाज स्थापनाको लागि गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्नु भएको थियो । सधैँ भरि राष्ट्र र राष्ट्रियताका सवालमा अगाडी रहने श्री पौडेलका आगामी दिनहरू पनि सुखद र सक्षम हुन्, उहाँको सम्पूर्ण जीवन देश र राष्ट्रका लागि उपयोग हुन सकोस भन्दै शुभकामना दिनुभएको थियो । कार्यक्रम पछि श्री रबिचन्द्र पौडेलको सम्मानमा रात्रिभोजको पनि आयोजना गरिएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचिव श्री राजन घिमिरेले गर्नुभएको थियो । 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक