Similar Articles

विश्व नेपाली समाचार (World)

नेपाली सिए विद्यार्थीद्वारा भारतमा अर्थिक गोष्ठी सम्पन्न

बिराट नेपाल

अर्जुन खनाल/नयाँ दिल्ली
भारतको राजधानी दिल्लीको लक्ष्मीनगरमा रही सी.ए. अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको गैर राजनैतिक सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले आइतबार अर्थात् २६ जुनका दिन आर्थिक गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासबाट कर्यवाहाक राजदूत कृष्ण प्रसाद ढकाल आउने भने पनि कार्यक्रममा उपस्थित हुन सकेका थिएनन ।विशिष्ट अतिथिको रूपमा नि.का.शा. अफ एन.आई.आर.सी. प्रमुख सिए राजेन्द्र आरोरा र ग्राण्ड र्थोटन पार्टनर रहनुभएको थियो भने अतिथिहरूमा सी.ए प्राध्यापकहरु, मैत्री सङ्घ संस्थाका प्रतिनिधिहरू, पत्रकार, बुद्धिजीवी, समाजसेवीको पनि उपस्थित देखिन्थ्यो ।

देशविकासको मुख्य जड भनेकै देशको आर्थिक संरचना हो, देशको अर्थतन्त्र सबल रूपमा स्थापित नभएसम्म देशविकासका काम तथा कारवाहीहरु कायापलट हुनै सक्दैनन, अझ हामी त सी.ए. क्षेत्रका विद्यार्थी, सम्पूर्णलाई देशको आर्थिक अवस्थाप्रति जागरुक र संवेदनशील बनाउने हाम्रो मुख्य अभिप्राय नै हो त्यसैले हरेक वर्ष आर्थिक गोष्ठी आयोजना गर्दै आएका छौ हातेमालोका अध्यक्ष सुनिल बूढाथोकी बताउछन ।

उक्त कार्यक्रममा सी.ए. अध्यानरत विद्यार्थीहरू वर्षा दुलाल, विशाल भट्टराई, सुवास अर्याल, दिपेन्द्र पौडेल, प्रवीन काफ्ले, सुवास ढकुरी, प्रदीप सागर रोकय लगायतले विभिन्न आर्थिक पक्षका विभिन्न क्षेत्रहरू जस्तै आधुनिक खेतीपाती, देशका पूवाधारहरु, आर्थिक सङ्कलन तथा उचित सदुपयोग, पर्यटनको विकास, विनिमय कारोबार, आदि क्षेत्रमा आ–आफ्नो प्रस्तुति र विचारहरू समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष सुनिल बुडाथोकीको सभापतित्व, केन्द्रीय सदस्य महेशराज पाठक तथा संस्थाकै आर्थिक सन्दर्भ छलफल फोरमका सञ्चालक मधु खनालको सञ्चालनमा ट्पर्स ईन्स्टिच्युटमा सम्पन्न भएको थियो ।

नेपाली सिए विद्यार्थीद्वारा  भारतमा अर्थिक गोष्ठी सम्पन्न
नेपाली सिए विद्यार्थीद्वारा  भारतमा अर्थिक गोष्ठी सम्पन्न



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक