Similar Articles

मेसीद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा

बिराट नेपाल

एजेन्सी, विश्व फुटबलर लियोनल मेसीले विश्व फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अर्जेन्टिना फुटबल कप्तान मेसीले सोमबार बिहान कोपा अमेरिका फुटबलको फाइनलमा चेलीसँग पराजित भए लगत्तै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । 

मेसीले पेनाल्टीमा गोल गर्न नसकेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनलमा पेनाल्टी सुट आउटमा चिलीले अर्जेन्टिनालाई ४-२ ले पछि पार्दै लगातार दोस्रो पटक उपाधि हात पारेको हो । यस लगत्तै मेसीको यस्तो घोषणा गरेका हुन् ।

२००८ मा बेइजिङमा सम्पन्न ओलम्पिक्समा मेसीले स्वर्ण पदक दिलाएका थिए । यसैलाई मेसीको सबैभन्दा ठुलो उपलब्धि मानिएको छ । मेसी सहभागी भएपछि तीन पटक २००७, २०१५, २०१६ मा कोपा अमेरिकाको फाइनलमा पुग्दा समेत उपाधि चुम्न असफल भएको हो ।

मेसीले भनेका छन्, ‘मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ । मैले जे जति गर्न सक्थेँ सबै गरे जस्तो लाग्छ ।’  à¥¨à¥¯ वर्षीय अर्जेन्टिनाका लागि मेसीले ११२ खेल खेलेका छन् । मेसीले सन् २००५ बाट राष्ट्रिय टिमबाट खेल्ण सुरु गरेका थिए ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक