Similar Articles

विश्व नेपाली समाचार (World)

अमेरिका र अस्ट्रेलिया हिँडेका १६ नेपालीको उद्धार

बिराट नेपाल

अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको छ । उनीहरूलाई शनिबार मलेसियास्थित नेपाली दूतावासले उद्धार गरेको हो ।

फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो । क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका १६ मध्ये सातलाई नेपाल फर्काइएको र बााँकीलाई फर्काउने तयारी भइरहेको छ ।

नेपाली दूतावासले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरूलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मलेसिया र इन्डोनेसिया हुँदै डुंगाबाट माइक्रोनेसिया पुर्‍याएका थिए । उनीहरू कागजातविहीन अवस्थामा थिए । नेपाल फर्किएकाहरूमा पाल्पाका वसन्तबहादुर दर्लामी, चितवनका प्रवीन लामा, मकवानपुरका सोमबहादुर लामा थिङ, इलामका सञ्जीव राई, चितवनका स्याम्युल तामाङ, धनुषाका अमितकुमार साह र चितवनका जयराम वाइबा छन् । नयाँ पत्रिकामा खबर छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक