Similar Articles

विश्व नेपाली समाचार (World)

भूकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग

बिराट नेपाल

बिष्णु सापकोटा, बेल्जियम । 
गत वर्षको विनाशकारी भूकम्पमा परेर क्षति भएका काभ्रे र भक्तपुरका चार बिध्यालयलाई ह्याण्ड नेपाल बेल्जियमले दश लाख बराबरको आर्थिक सहयोग गरेको छ । गत सोमबार पार्वती उच्चमावि ढुंखर्कमा आयोजना भएको एक कार्यक्रममा पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र नीधिको प्रमुख उपस्थितिमा पार्वती उच्च मावि सहित बल्थलीको कमलादेवी जनप्रिय मावि, च्याम्राङब्शीको चक्रेश्वर मावि र भक्तपुरको एक विद्यालयलाई बिध्यालयको शैक्षिक गुणस्तर सुधारका लागी कम्प्युटर तथा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र नीधिले भूकम्प प्रभावित बिध्यालय लाई बेल्जियममा अवस्थित ह्याण्डस् नेपाल संस्थाले बिध्यालय लाई सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधार देखि पुनर्निर्माण कार्यमा प्रवासमा रहेका नेपालीहरूको सयोगमा ठुलो योगदान रहेको र हाल नेपाल मा भूकम्प पीडित हरुले राहत अझै  नपाएको, पीडित जनताहरुलाई सरकारले एकमुष्ट रकम उपलब्ध गराउनु पर्ने बताएका थिए । त्यसै गरी कार्यक्रममा काँग्रेस जिल्ला सभापति मधु आचार्य, सांसद तिर्थ लामा, काँग्रेस नेताहरू तिर्थबहादुर, प्रकाश थापा, भगवान् अधिकारी, प्रेमबहादुर तिमल्सिना, पत्रकार परशु घिमिरे, एनआरएन केन्द्रीय सदस्य कपिलदेव थापा, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरू काँग्रेसका उद्धब तिमल्सिना, एमालेका घननाथ तिमल्सिना, नेकपा माओवादी केन्द्रका माधव सीँ लामा, श्रोत व्यक्ति बाबुराम तिमल्सिना, पार्वती उच्च माविका प्राचार्य गोविन्द प्रसाद शर्मा, विव्यस सदस्य गोविन्द प्रसाद अधिकारी लगायतले भूकम्प पुनर्निर्माण सँगै शैक्षिक गुणस्तरमा सहयोग पुर्र्याएको ह्याण्ड नेपाल बेल्जियमलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा ह्याण्ड नेपालका तर्फबाट चिनियाँ दुवालले भूकम्पले क्षति पुर्र्याएका विद्यालयहरुलाई शैक्षिक गुणस्तर उकास्नका लागि सहयोग पुर्र्याउने उदेश्यले आर्थिक सहयोग गरेको र यसलाई अझै निरन्तरता दिने बताए । कार्यक्रम ह्याण्ड नेपाल बेल्जीयमकी अध्यक्ष एलिन डुपोनको सभापतित्वमा सम्पन्न भएको थियो ।

भूकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग
भूकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक