Similar Articles

नेपालीे घरद्धारा छात्रवृत्तिको लागी निवेदनको आव्बान

बिराट नेपाल

नतिबाबु भट्ट, कोलोराडो अमेरिका, जुलाई ३, २०१६
कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरले हरेक वर्ष १२ कक्षा पासगरि कलेज जाने जेहन्दार दुई जना छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरूप  यस वर्षको छात्रवृत्तिको लागी निवेदन आव्बान गरेको छ ।

नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितिको हालै सम्पन्न बैठकले यसै वर्ष १२ कक्षा पास गरेका नेपाली समुदायका बालबालिकाहरुलाई जुलाई ३० सम्म निवेदन दिई सक्न आव्बान गरेको हो । 

समितिले निवेदकको लागी क्राईटएरिया समेत तोकेको छ । जसमा यसै वर्ष १२ पास गरेको, कोलोराडोमा बसोबास गरेको नेपाली समुदायको छात्र छात्रा हुनुपर्ने, समुदायमा सामाजिक क्रियाकलापमा भागलिएको प्रमाणित कागज पेस गर्नु पर्ने, फुल टाइम कलेज पढ्ने प्लान गरेको हुनु पर्ने, थोरैमा ७५ प्रतिषद वा ३.० जिपीए भएको हुनुपर्ने, कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखित पत्र समावेश गर्नु पर्ने जनाएको छ । यसको साथै समितिले  निवेदकहरुलाई छात्रवृित्तको निवेदन सँगै निवन्द समेत लेखि समावेश गर्नु पर्ने सर्त राखेको छ । जसमा निवन्दको शीर्षक छ “पहिलो पुस्ताका प्रवासी नेपालीहरूलाई अमेरिकामा बसोबास गर्दा सामाना गर्नु पर्ने चुनौती र अवसरहरू के के हुन्” यस विषयमा ८ सय शब्द भन्दा नबढाई लेख्नु पर्ने छ । नेपाली घरले निवेदकले भर्नुपर्ने फारमको ढांचा संस्थाको वेब्सायट “नेपाली घर डट ओआरजी ”मा राखेको छ । संस्थाको वेब्सायट गई फारम डाउनलोड गरी प्रिन्ट गरी भर्न सकिने छ । निवेदकले सम्पूर्ण कागजपत्र स्क्यान गरेर सोही फारमको मा उल्लिखित इमेलमा वा मेल ठेगानामा पोस्ट गर्न सक्ने छन् ।

छनौट समितिले कोलोराडोमा सक्रिय सबै सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसाही, पत्रकार तथा सर्वसाधारण सबैलाई कार्यक्रमको प्रचारप्रसार गरी संम्बधित छात्र छात्रालाई कार्यक्रममा भागलिने अवसर जुटाई दिनहुन सबैलाई अनुरोध गरेको छ ।   

अमेरिकी कल्चरमा हुर्कदैै गरेका भावी पुस्तामा नेपाली संस्कृतिको जगेर्ना गराउन तथा उनीहरूलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन यस्तो निर्णय गरिएको बताइएको छ । यहाँ“ जन्मे हुर्केका बालबालिकाहरु माझ आगामी दिनमा यस्ता कार्यक्रमहरू अघि नसारे नेपाली भाषा संस्कृति जोगाउन कठिन हुने अवस्था आएको भन्दै यस्ता कार्यक्रमले केही हद सम्म बालबालिका र तिनीहरूको परिवारलाई नेपाली समुदाय तर्फ आकर्षित गराउन संस्थाले यस्ता कार्यक्रमहरू अगाडी सारेको हो । 

नेपाली घरका इभेन्ट अफिसर प्रमोद श्रेष्ठको संयोजनमा गठित छनौट समितिलाई  छात्र छात्राहरु छनौट गर्ने, यो कार्यक्रमलाई  प्रभावकारी बनाउने, कार्यक्रमलाई निरन्तरता दिने, छात्रवृत्ति दिने श्रोत जुटाउने जिम्मा समेत दिएको छ । 

नेपालीहरूको भेषभूषा, भाषा संस्कृति, रिती स्थिति, चालचलन सबै झल्कने एक नेपाली घरको निर्माणार्थ क्रियाशील यस संस्थाले आफ्नो संस्क्रिती संरक्षणको लागी बेला बेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । 



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक