Similar Articles

कोलोराडोमा इमिग्रेसन फरम र भानु जयन्ती एकै ठाउमा हुने

बिराट नेपाल

बिआरटी नेपाल डट कम सम्बादाता, कोलोराडो ।
बिआरटी नेपाल डट कमले कोलोराडोमा दोस्रो पटक यही जुलाई महिनाको १६ तारिखमा अध्यागमन सम्बन्धी कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा निःशुल्क अमेरिकाको अध्यागमन (इमिग्रेसन) कानुन सम्बन्धी न्युयोर्कका एटर्नी विनोद रोकाले जानकारी दिनु हुनेछ । कार्यक्रममा व्यक्तिगत सल्लाह लिनेको लागि पनि १० मिनट निःशुल्क सल्लाह दिइनेछ । व्यक्तिगत सर सल्लाह लिनु परेमा समयको लागि भुपेन्द्र महत, राजु सिटौला तथा शैलेश पोखरेलसंग सम्पर्क गर्न सकिने छ । कार्यक्रममा टिपिएसको नबिकरण, एशाइलम, एच वान भिसा तथा अन्य कुनै पनि इमिग्रेसन सम्बन्धी कानुनी सल्लाह दिइनेछ । यसको फाइदा उठाउन बिआरटी नेपाल कोलोराडोबासी नेपालीलाई हार्दिक अनुरोध गर्दछ ।    
 
इमिग्रेसन कार्यक्रम पछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा भानु जयन्ती तथा साहित्यिक कार्यक्रम पनि गर्ने भएको छ । कानुन व्यवसायी विनोद रोक्का पनि हामीसँग हुनु हुनेछ । तपाईँहरूको उपस्थिति र हार्दिकताको नेपाली साहित्यलाई सधैँ खाँचो छ । आफ्नो रचना सहित उपस्थितिको लागि आएनएलएस कोलोराडो च्याप्टर हार्दिक अनुरोध गर्दछ ।

स्थान : 
Crossroads Church
10451 Huron Street
Northglenn CO 80234

मिति: शनिवार, जुलाई १६ २०१६
समय: दिउसो १२:०० देखि ४:०० सम्म 

सुरुमा हामी कानुनी परामर्शमा हुने छौ । साथमा दिपेश किशोर भट्टराई र भुपेन्द्र महतको साङ्गीतिक कोशेली मनोभाबको लोकार्पण पनि गरिने छ । यहाँहरूको अमूल्य समय साथ र सदभाबको अपेक्षा सहित ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक