Similar Articles

नेपाल समाचार (Nepal)

गगनसिंह थापाको तेस्रो कृति पुर्खाको चिठी उपन्यास टीकापुरमा चर्चा

बिराट नेपाल

टीकापुर, २६ असार । 
आख्यानकार गगनसिंह थापाको तेस्रो कृति पुर्खाको चिठी उपन्यासमाथि आज टीकापुरमा चर्चा र विश्लेषण गरिएको छ l  à¤Ÿà¥€à¤•à¤¾à¤ªà¥à¤°à¤¸à¥à¤¥à¤¿à¤¤ देवकोटा साहित्य कला परिवारको आयोजनामा थापाको उपान्यास पुर्खाको चिठीमाथि चर्चा गरिएको हो । 

उपन्यासमाथि चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले खोजमूलक नयाँ कृतिले नेपाली साहित्यमा नयाँ आयाम थपेको बताउनु भयो । 

उपान्यासमाथि समीक्षा गर्दै फणिन्द्रराज रेग्मीले उपन्यासले इतिहासको अलिखित पाटोलाई उजागर गरेको भन्दै चर्चा गर्नुभयो । राणा शासनताका अछामी जनतामाथि भएको दमन इतिहासमा कतै नभएको भन्दै रेग्मीले अछामको पीडालाई मर्मस्पर्शी ढङ्गले उठान गरेको बताउनु भयो । 

उपन्यासभित्र मानवतावादी विचार प्रधान भएको उल्लेख गर्दै रेग्मीले नेपाल एकीकरणका अभियन्ता रणबहादुर शाह इतिहासमा खलनायकका रूपमा प्रस्तुत गर्दै लेखकले जिकिर गरेको बताउनु भयो । उपन्यासमाथि चर्चा गर्दै खगेन्द्रराज उपाध्यायले नलेखिएको अछामी रगतको इतिहासका रूपमा पुस्तक प्रकाशन भएकोमा लेखकलाई धन्यवाद दिनुभयो । 

देवकोटा साहित्य कला परिवारका कार्यवाहक अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा भएको कार्यक्रममा लेखक गगनसिंह थापा, टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष धनञ्जय तिमिल्सेना, प्रकाशक हिक्मत थापा लगायतले बोल्नु भएको थियो ।

गगनसिंह थापाको तेस्रो कृति पुर्खाको चिठी उपन्यास टीकापुरमा चर्चा
गगनसिंह थापाको तेस्रो कृति पुर्खाको चिठी उपन्यास टीकापुरमा चर्चा
गगनसिंह थापाको तेस्रो कृति पुर्खाको चिठी उपन्यास टीकापुरमा चर्चा
गगनसिंह थापाको तेस्रो कृति पुर्खाको चिठी उपन्यास टीकापुरमा चर्चा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक