Similar Articles

नेपाल समाचार (Nepal)

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने

बिराट नेपाल

काठमाडौं, असार २८ गते । 
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको सत्तारुढ दलको बैठकपछि उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले संविधान कार्यान्वयनको अहिलेको समयमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अप्रत्याशीत र अव्यावहारिक रहेको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले गठबन्धन दलहरूसँग कुनै छलफल नै नगरी माओवादीले सरकारबाट बाहिरिने निर्णय गर्नुले मुलुकको स्थिरतामा व्यवधान ल्याउने बताउनुभयो । 

बैठकमा गठबन्धनमा बाँकी रहेका १५ दल मिलेर अहिलेको चुनौतीको सामाना गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । अर्का उपप्रधान, गरिबी निवारण तथा सहकारीमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदीय पद्धतिअनुरुप अघि बढ्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि संविधान बन्न नदिने, वर्तमान सरकार निर्माण हुन रोक्न खोज्ने खेलकै निरन्तरताका रूपमा अहिले सरकार परिवर्तनको खेल भएको हो ।” यसैबिच, पछिल्लो राजनीतिक घटनाक्रमबारे थप निर्णय लिन नेकपा (एमाले)को स्थायी कमिटीको बैठक  à¤¬à¤¾à¤²à¥à¤µà¤¾à¤Ÿà¤¾à¤°à¤®à¤¾ बसेको िथयाे । रासस




-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक