अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-12
न्यु जर्सी, यही मिति जुलाई ११, २०१६ का दिन ब्लड डोनर्स अफ् अमेरिका, न्यूजर्सी च्याप्टर, नेपाली जन सम्पर्क समिति, न्यू जर्सी च्याप्टर, एन आर एन अमेरिका, न्यू जर्सी च्याप्टर र एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिकाको संयुक्त आयोजनामा न्यू जर्सी स्थित नर्थ ब्रङ्क्सविक सिटीमा रक्तदान तथा सामूहिक स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भयो ।
सोमबारको दिन परेको भए पनि रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा बाबुछोरा (शिव आगन्जा र असीम आगन्जा) लगायत २२ जना रक्तदाताहरूले रक्तदान गर्नुभएको थियो । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष देश बाहिर नगएको हुनु पर्दछ । उक्त समारोहमा डा. रेखा हमाल क्षेत्री, डा. भूपेन्द्र वाग्ले, डा. सुनिता अर्याल, डा. पदम न्यौपाने, डा. लोकेन्द्र ठाकुर र डा. श्वेता झाको समूहले झन्डै ६० देखी ७० जनाको सामूहिक रूपमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविरमा नेपाली जन सम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट, १५५ पटक रक्तदान गरिसक्नु भएका नेपाली समाजसेवी अर्जुनप्रशाद मैनाली, एन आर एन, अमेरिकाका सल्लाहकार यम अधिकारी, पूर्व उप-सभापति बनिता कतिला, ब्लड डोनर्स अफ अमेरिकाका उप-सभापति निमा शेर्पा, सदस्यहरू सरोज श्रेष्ठ तथा लक्ष्मी भट्ट, नेपाली काँग्रेसका महासमिति सदस्य सिंहबहादुर राना, समाजसेवी कृष्णप्रसाद अधिकारी, लुलु राणा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सेप्टेम्बरमा फेरी अर्को रक्तदान कार्यक्रम जर्सी सिटीमा हुने जानकारी ब्लड डोनर्स अफ अमेरिकाका सह-सचिव संजिब श्रेष्ठले बिआरटी नेपाललाई दिनु भयो ।
Post Comments Using Facebook
Your Comments