Similar Articles

नेपाल समाचार (Nepal)

भारतको चाहानामा सरकार परिवर्तन भएको हो-बिजुक्छें

बिराट नेपाल


भक्तपुर, २९ असार 

 à¤¨à¥‡à¤ªà¤¾à¤² मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकार परिवर्तन भारतको चाहनामा भएको बताउनु भएको छ । रफत सञ्चार क्लबको आयोजनामा आज भएको साक्षात्तकार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले नेपाली काँग्रेसका सभापति देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको निर्देशनमा सरकार परिवर्तन गरेको बताउनुभयो ।

 à¤®à¥à¤²à¥à¤•à¤•à¥‹ आवश्यकताले भन्दा पनि भारतको चाहनाअनुसार वर्तमान सरकार परिवर्तन भएको उहाँको भनाइ छ । बिजुक्छेंले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यसले नेपाल र नेपालीको हितमा हुन सक्ने ठानेर भारतले देउवा र प्रचण्डलाई गोटी बनाएको आरोप लगाउनुभयो ।

 à¤‰à¤¹à¤¾à¤à¤²à¥‡ भ्रमणले सम्झौताहरुलाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको भन्दै नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन तर्फ अग्रसर बन्न नसके यसले नेपालीलाई ठूलो बेफाईदा हुने बताउनुभयो । वर्तमान सभामुख ओनसरी घर्ती निवासमा काँग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्ष र तथष्ठता कायम गर्न नसकेको बताउनुभयो । उहाँले सभामुखको भूमिकामा समेत प्रश्न उठेको बताउनुभयो । 

सरकार परिवर्तनसँगै भुकम्पपिडित, बाढीपहिरोपीडित, मधेशको समस्या समाधानको पाटो र संबिधान कार्यान्वयनको पाटोमा समस्या देखिने उहाँको भनाई छ । उहाँले संविधान कार्यान्वयनको पक्षमा राजनीतिक अस्थिरतासँगै नेपालमा बिभिन्न खालका अपराध मौलाउनुका साथै दण्डहिनता बढ्ने बताउनुभयो । उहाँले मधेशबादी दलहरु चेस खेलमा सिपाही भएको भन्दै उनीहरुले राजनीतिमा कुटनीतिक सफतला हासिल नगरेको र भारतको गोटी भएको चर्चा गर्नुभयो । सरकार परिवर्तनसँगै देखिएको नयाँ सरकार गठनको बिषय जटिल रहेको र यसतर्फ संबैधानिक जटिलताहरु समेत रहेकाले सरकार गठनका बिषय त्यती सहज नभएको उहाँले बताउनुभयो । अन्य देशमा यस्तो परिस्थितिमा राष्ट्रपतिले पार्टीहरुलाई बहुमत देखाउन आह्रवान गर्ने परमपरा रहेको छ, उहाँले भन्नुभयो । 

नेपालको वर्तमान समयमा राष्ट्रपतिको भूमिका समेत अहंम रहने र आप्mना कानुनी सल्लाकारहरुको भूमिकालाई बढाउँदै काम गर्नु पर्नेमा जोड दिनुभयो । राष्ट्रपतिलाई कसैले बिबादमा तान्नु नहुने बिजुक्छेंको भनाई छ ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक