अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-14
क्यालिफोर्निया, ३० असार
नेपाली कांग्रेसका युवानेता गगन थापाले अमेरिकामा रहेका सन्फ्रान्सिस्को वासीसंग माफि मागेका छन् । यहि जुलाई १६ शनिवारको दिन जनसम्पर्क समिति क्यालिफोर्नियाले राखेकोे कार्यक्रममा आफु उपस्थित हुन नसक्ने भएपछि थापाले माफि मागेका हुन् ।
यस्तो छ युवा नेता तथा माननीय गगन थापाले जारी गरेको प्र्रेश बिज्ञप्ती
!!प्रिय साथीहरू,नेपाली जनसम्पर्क समिति क्यालिफोर्निया।
अमेरिकी सरकारको निमन्त्रणामा जलस्रोत सम्बन्धि एक अध्ययनको क्रममा अमेरिकामै रहेको बेला नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका साथीहरुले जुलाई १६, शनिवारको दिन पार्टीको कार्यक्रम राख्नुभएको कुराले म अत्यन्तै उत्साहित भएको थिएँ। उक्त कार्यक्रम मार्फत नेपाली साथीहरुसंग भेट्ने आफ्नो भ्रमणको अनुभव साट्ने तथा नेपालीको राजनीति र विकासको सन्दर्भमा छलफल गर्ने र सिक्ने अभूतपूर्व अवसर मिलेको थियो। तर पछिल्ला केहि दिनमा नेपालमा विकसित भएको राजनैतिक घटनाक्रका कारणले आफ्नो निर्धारित कार्यक्रमलाइ समेत रोकेर भ्रमण छोट्याएर नेपाल फर्किनु पर्ने अबस्था सिर्जना भयो। तसर्थ शनिबारको कार्यक्रममा सहभागी हुन नपाउने भएकाले दुखी भएको छु।
केही समय पछि पारिवारिक कामको सिलसिलामा क्यालिफोर्निया नै आउने तय भइसकेको छ। उक्त अवसरमा नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका साथीहरुसंग विस्तृत छलफल र भेटघाट गर्ने नै छु। यसपटकको लागि तय भइसकेको कार्यक्रममा सहभागि हुन नपाएकोमा क्षमाप्रार्थी छु। देशमा विकसित राजनीतिक घटनाक्रम र पार्टीको आग्रहका कारण भ्रमण छोट्याएर नेपालफर्कनु परेको बाध्यतालाई बुझिदिनु हुनेछ भन्ने विश्वास लिएको छु।सदाझै यसपटकको तपाईंहरुको स्नेहप्रति आभारी छु।जहाँ रहेपनि तपाइँहरुसँगै छु र रहिरहनेछु।
जय नेपाल! तपाईंको साथी
गगन थापा
Post Comments Using Facebook
Your Comments