Similar Articles

नेपाल समाचार (Nepal)

महोत्तरीमा दुई दलित परिवार बहिस्करणमा

बिराट नेपाल

महोत्तरी, ३१ असार । महोत्तरी जिल्लाकै एक ग्रामीण बस्तीमा दलित समुदायमा दुई दलित परिवारको भातपानी काटिएको छ । भातपानी काटिएकोमा एकडारा बेला–५ का झगरु पासमान र सोही ठाउँ निवासी उगनारायण पासमानको परिवार रहेका छन् ।

विगत पाँच वर्षदेखि भात पानी काटिएका स्थानीय सुरेश पासमानलाई समाजमा मिलाउनु होस् भनेपछि यिनीहरुलाई पनि बहिस्करणमा पारिएको दुवै परिवारको गुनासो छ । उनीहरु गाउँमा आफ्नो जग्गासम्बन्धी विवाद समेत अदालतमा चल्दै गरेकाले पनि विपक्षीले समाजलाई उक्साएर आफूहरुलाई बहिस्करणमा पारेको आरोप लगाउँछन् ।

उगनारायण पासमानकी श्रीमती सोशिला देवीका अनुसार हप्ताको प्रत्येक शुक्रबार हुने सल्हेश महाराजको पूजामा समेत आफ्नो परिवारलाई नजान गाउँका पञ्चले उर्दी जारी गरेका छन् । पासमान जातिका पञ्चले ती परिवारलाई कुनै पनि जातीय कार्य तथा भोजभतेर तथा विवाह र संस्कारमा अब उप्रान्त सहभागी नहुन समेत भनेका छन् ।

समाज विकासतर्फ उन्मुख भइरहेका बेला अझै जातीय नीति नियम र फैसलाले मानिसको सामाजिक अधिकार कुण्ठित भइरहेकाले सरोकारवाला यतातिर गम्भीर हुनु आवश्यक देखिएको छ । हाल न्यायका लागि सदरमुकाममा भाँैतारिइरहेका दुवै परिवार समाजले बिनाकारण दिएको सजायले आफूलाई अपमानित गरेको बताउँछन् । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक