Similar Articles

नेपाल समाचार (Nepal)

ओली सरकार एक मिनेट मै बाहिरिन्छ--ज्ञवाली

बिराट नेपाल

भक्तपुर, ३ श्रावण 

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वर्तमान सरकार संसदलाई विश्वास गर्ने भएकाले संसदको जस्तो पनि निर्णयलाई स्विकार गर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै ज्ञवालीले नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसको समझदारी जसरी वर्तमान सरकारलाई अविश्वासको प्रस्ताव राखेको छ, संसदले गणितिय आधारमा गर्ने नियर्णलाई सहर्ष स्विकार गर्दै अविश्वासको प्रस्तावसँगै वर्तमान सरकार असफल रहे एक मिनेटमै सत्ता छाड्ने बताएका हुन् ।
 
ज्ञवालीले संबिधान कार्यान्वयनको पाटोमा नेकपा एमाले अटल रहेको भन्दै सरकारको मोह भन्दा पनि संबिधानको रक्षाका लागि नयाँ सरकार निर्माणसँगै प्रतिपक्षमा बस्ने बताए । 

वर्तमान सरकारको बहिरगमन पश्चात देखिएको संबैधानिक जटिलताहरु फुकाउन समेत वर्तमान सरकार तयार रहेको र संशोधनमा सहमत जनाउँदै संबिधान अनुरुप सत्ता हस्तान्तरण गर्ने बताउँदै ज्ञवालीले नयाँ सरकार गठन गर्न राष्ट्रपतिले बाधा अट्काउ फुकाउने, संबिधान संशोधन गर्ने वा दलिय सहमती गर्ने आधारमात्र संबिधानमा व्यवस्था भएकाले वर्तमान सरकारले संसदको उपयोग गरेको पनि बताए ।

उनले सरकारले त्यस्तो कुन गल्ती गर्यो र अविश्वासको प्रस्ताव ल्याउनु पर्ने वातावरणको श्रृजना भयो र छर्के दाउ हान्नु पर्यो भन्दै उनले भने, 'भारतको नाकाबन्दीको सामना गर्यो, मधेश आन्दोलनलाई साम्य गयौं, जनताको बजेट ल्याऔं पनुर्निमाणको कामलाई तिव्रता दियौं, नयाँ शिराबाट अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गर्ने लगायतका राम्रा काम कै कारण अविश्वासको प्रस्ताव आएको हो' । 

वर्तमान सरकारले सत्ता लम्बाउनु अनुचित सम्झौता नगरेको र सत्ता लम्बाउने भन्दा पनि संबिधानको सफल कार्यान्वयनको पाटोलाई प्रमुखता दिएको बताउँदै उनले भने, 'वर्तमान सरकारको स्पष्ट खाका देखेर अन्य राजनीतिक दलहरु अत्तालिएको र सफल संबिधान कार्यान्वयको बाटो देखे पछि असफल पार्ने रणनीति अनुरुप नै सरकार परिवर्नतनको खेल भएको हो । केपी ओली सरकारको नेतृत्व परिवर्तन गर्न लागि परेको राजनीतिक दलहरुले आन्दोलनको नाम दिएर जसरी अन्य राजनीतिक दलहरुलाई सत्ता निर्माणमा सहयोग गरिरहेका छन् यसले तराई आन्दोलनको रुप स्पष्ट पारेको छ ।'

संसदलाई उपयोग गर्ने भन्दा पनि बिभिन्न कालो कोठामा बसेर सरकार परिवर्तनको खेल रच्नु र वर्तमान सरकार समक्ष अविश्वासको प्रस्तावसँगै कुनै भवनमा भोज गरिनुले पनि सत्ता परिवर्तन गरि लाभ लिने र संबिधान कार्यान्वयनलाई ओझेल पार्ने खेल स्पष्ट भएको उनले बताए ।
 
ज्ञवालीले भने नयाँ राजनीतिक समिकरणसँगै बन्न लागेको काँग्रेसको बुई चढेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारमा जाँदै छन्, बैतर्णी पार गर्न सकुन् भन्ने कामना रहेता पनि नदीको बिच मै डुबेमा लाईफ ज्याकेट लिएर आफूहरु उद्धारमा छन् । 

वर्तमान अवस्थामा बिदेशिको चलखेल बढेको भन्दै उनले भने , 'आफ्नो थैलीको मुख बाँध्न नसक्नु को परिणाम हो यो, आफ्नो ढाड कुप्री पारिदिने परिबृतिकै कारण बिदेशीहरुले हाम्रो बुई चढ्ने मौका पाएकाले अरुलाई दोष दिनु भन्दा पनि नेपाली राजनीतिक पाटोलाई दोष दिनु उपयुक्त रहने छ' ।
 
केपी शर्मा ओलीको चीन भ्रमण पश्चात गरिएका सम्झौताको कार्यान्वयन हुन नसके त्यसले नेपाललाई बीस बर्ष पछि धकल्ने भन्दै उनले भनें, 'चीनियाँ राष्ट्रपतिको भ्रमण पछिल्लो राजनीति दृश्यका कारण हुनेमा आशंका छ' ।

नेकपा एमालेले चीनियाँ राष्ट्रपतिलाई आमन्त्रण नगरेको र नेपाल सरकारले गरेका कारण राष्ट्रपतिको भ्रमणलाई निरन्तर दिनु पर्नेमा जोड दिंदै ज्ञवालीले यदी राष्ट्रपतिको भ्रमण हुन नसके यसले कुटनीतिक पक्षलाई समेत ओझेलमा पार्ने बताए ।  



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक