Similar Articles

अमेरिका समाचार (USA)

सुरसुधाले अमेरिकामा प्रस्तुति गर्ने

बिराट नेपाल

विजय थापा ,वाशिंगटन डिसी
नेपालको दीर्घ कालीन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट डेलेसीद्वारा स्थापित सोरवे फाउनडेसनको विशेष पहलमा सुरसुधा अमेरिका आउने भएका छन् l शास्त्रीय साङ्गीतिक समूह सुरसुधाले अमेरिकाको विभिन्न राज्यहरूमा बेजोड प्रस्तुति गर्ने र अमेरिका गुन्जयमान गराउने भएका छन् l
 
सोरवे फाउनडेसनले जनाए अनुसार सुरसुधाको सङ्गीत टोली अमेरिकाको विभिन्न राज्यहरूमा अगस्त महिनाको पहिलो हप्ता देखि आफ्नो प्रस्तुति आरम्भ गर्ने भएका छन् l सुरसुधाको कार्यक्रम टेक्सासको डालस, न्यु योर्क, पिट्सबर्ग,भर्जिनिया, वाशिंगटन डिसी, बाल्टिमोर, कोलोराडो, हुस्टन तथा सिकागोमा समेत कार्यक्रम गर्ने भएको छ l ईमपावर नेपाल टुर २०१६ नामक उक्त कार्यक्रम सोरवे फाउनडेसनको प्रस्तुति रहने छन् l
 
सोरवे फाउनडेसनका कार्यकारी निर्देशक नेपालका लागि भूतपूर्व अमेरिकन राजदूत स्कट डेलेसी रहेका छन् l पूर्व अमेरिकन राजदूत डेलेसीले सुरसुधाको अमेरिकन भ्रमण केवल नेपालको सहयोग लागि गरिएको बताएका छन् l

सुरसुधाको कार्यक्रमको लागि उनले सबै नेपाली समुदाय ,सङ्घ/संस्था तथा सौजन्यताको लागि व्यवसायी समेत लाई संलग्न तथा सहभागी हुन आग्रह गरेका छन् l डेलेसीले अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कुमार कार्कीलाई सम्बोधन गर्दै सुरसुधाको कार्यक्रममा उपस्थिति हुन अनुरोध समेत गरेका छन् l
 
उनको संस्था सोरवे फाउन्डेसन केवल नेपाल निर्माणको लागि समर्पित हुने बताउदै नेपाल पुनर्निर्माण ,भूकम्प पीडितको सहयोगार्थ ,भूकम्पग्रस्त क्षेत्रमा महिला तथा बालबालिका बेचबिखन हुने सम्भावनालाई रोक्ने तथा ओखति उपचारको काममा लागि काम गरी रहेको छापा विज्ञप्तिमा जनाएको छ l निकट भविष्यमा पिट्सबर्ग चिकित्सा केन्द्र सँग नवीन दुरचिकित्सा कार्यक्रम समेत नेपालमा लाने विषयमा सोरवे फाउन्डेसनको तर्फ बाट छलफल भएको बताइएको छ l


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक