Similar Articles

अमेरिका समाचार (USA)

समर सांगीतिक धमाकामा डालस नाच्ने

बिराट नेपाल

डालस,४ साउन

युएस खबर एलएलसी को प्रस्तुति समर म्युजिकल धमाका यहि आउँदो अगष्ट ५ तारिकमा हुने भएको छ। उक्त सांझलाई अबिस्मरणिय बनाउन नेपालका चर्चित युवा गायक तथा गायिका आउंदैछन् । 

“म बिना कसै कसैलाई गाह्रो छ पोखरामा” भन्ने गीत बाट चर्चामा आएका पप गायक प्रमोद खरेलको साथै “चौबन्दीमा पटुकी बांध्या छैन भन्दैमा” भन्ने बोलको गीतबाट आधुनिक नेपाली दर्शक श्रोताको मनको ढुकढुकी बन्न सफल गायिका आस्था राउत नेपालबाट आफ्नो कला देखाउन आउंदैछन भने अमेरिकी नागरिक भएर नेपाली लोक दोहोरीमा बिध्यावारिधी गरेकी र थुप्रै नेपाली लोक गीतमा आवाज दिएकी लोक गायिका अन्ना स्टिर पनि उक्त कार्यक्रममा  à¤†à¤‰à¤‚दै छिन्। 

कार्यक्रममा  à¤­à¤¿à¤® चापागाईं र भिम थापा स्थानीय कलाकारहरुले प्रस्तुति पनि रहने छ ।  à¤¸à¤¾à¤à¤ ७:३० बजेबाट शुरु हुने कार्यक्रम समाप्ति संगै डिजे नाइट पनि संचालन हुने आयोजकले बताएका छन् । 

कलाकार आउने र जाने क्रम अमेरिकामा बाक्लिएको छ। दर्शकहरुलाई कुन कार्यक्रममा जाने वा नजाने भन्ने दुबिधा समेत हुने स्थिति देखिएको छ। हप्तै पिच्छे केहि न केहि कार्यक्रम हुँदा आर्थिक भारको कारण पनि छान्नु पर्ने अवस्था सिर्जना हुँदै गएको देखिन्छ। यो कुरालाई ध्यानमा राखेर  à¤¦à¤°à¥à¤¶à¤•à¤¹à¤°à¥à¤•à¥‹ भिन्न स्वाद र रुचिलाई ख्याल गर्न सकेन भने आयोजना गरिएका कार्यक्रमहरु फिक्का हुन सक्ने अवस्था पनि सिर्जना हुँदै गएको छ। त्यहि चुनौतीलाई मध्यनजर गर्दै युएस खबरले सबैको रुचि सम्बोधन गर्ने गरी यो समर म्युजिकल नाइट गर्न लागेको पनि आयोजक युएस्खबरले जनाएको छ ।  

प्रमोद खरेल र आस्था राउत यतिबेला नेपाली संगीतका युवा ढुकढुकी जस्तै बनेका गायक गायीका हुन् भने कार्यक्रमको अर्को आकर्षक अन्ना स्टिर हुन्। अमेरिका द्वारा शाशित एउटा टापु हवाईमा बस्ने अन्ना त्यो समुद्र पार गरेर डालस आउंदै छिन। नेपाली लोक दोहोरीमा बिद्याबारिधि गरेकी र नेपाली प्रगतिशील गीतहरुमा अनुसन्धानमा ब्यस्त अन्नाले थुप्रै नेपाली लोक दोहोरि गीत गाएकी छिन भने स्टेजमा प्रत्यक्ष दोहोरि गाउन पनि माहिर छिन। अमेरिकन नागरिक भएर पनि टिपिकल नेपाली नेपाली भाषीले भन्दा राम्रो बोल्ने अन्ना दर्शकलाई भरपुर मनोरंजन दिने दृढता ब्यक्त गरेकी छिन। लोक गीत र दोहोरि गीत मन पराउने जिब्रो भएका दर्शकको लागि मात्र होइन अमेरिकन महिला नागरिकले नेपाली लोक गीत गाएको हेर्न चाहनेहरुको लागि यो राम्रो अवसर बनेको छ । 

४१५ डलरमा टिकेट उपलब्ध हुने कार्र्यक्रममा खानाको लागि सुपथ मुल्यमा सानो किचेन पनि उपलब्ध हुनेछ। 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक