Similar Articles

नेपाल समाचार (Nepal)

जिल्ला प्रहरी कार्यालय धनकुटामा दर्ता भएका ५० प्रतिशत मुद्दा फर्छौट हुन बाँकी

बिराट नेपाल

ईश्वर थापा
धनकुटा, ५ साउन

जिल्ला प्रहरी कार्यालय धनकुटामा आर्थिक वर्ष २०७२/७३ सम्ममा दर्ता भएका ५० प्रतिशत मुद्दाको फर्छौट हुन बाँकी रहेको जनाएको छ । कार्यालयमा दर्ता भएको एक सय २२ मुद्दा मध्ये ६६ वटा मुद्दा मात्र फछौट भएको हो । 

प्रहरी कार्यालयमा दर्ता हुँदा ३० प्रकारका मुद्दा मध्ये सवैभन्दा वढि आत्म हत्याको ३३ वटा मुद्दा दर्ता भएको छ । जसमा ३३ वटै मुद्दा फर्छौट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका अपराध अनुसन्धान शाखाका प्रहरी जवान पदम खड्काले जनाकारी दिए । यसैगरी सावैजनिक अपराधको ३१ वटा मुद्दा दर्ता भएको छ ।

 à¤œà¤¸à¤®à¤¾ ३१ वटै मुद्दा फर्छौट भएको छ । यसै गरी कर्तव्य ज्यानमा ६ वटा दर्ता भएकोमा ४ वटा मात्र फर्छौट भएको छ । ज्यान मार्ने उद्योगमा ५ वटा दर्ता भएकोमा पाँच वटै मुद्दाको फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भवितव्य ज्यानमा १४ वटामा १४ वटै फर्छौट हुन वाकी रहेको छ । यसै गरी फुटकर ज्यानमा २ वटा, सवारी ज्यानमा ५ वटा, सवारी भवितव्य ज्यानमा २, डाकामा १ र चोरीमा दुई वटा मुद्दा दर्ता भएको छ । 

जिल्ला प्रहरी कार्यालयको रेकर्ड अनुसार जवरजस्ती करणीमा ४, जवरजस्ती करणी उद्योगमा ५, हातहतियार खरखजना सम्वन्धी ४ र वहुविवाहको ३ वटा मुद्दा दर्ता भएको छ । यसैगरी नागरिकता सम्वन्धी १, लागुऔषध सम्वन्धी २ गौवधको १ वटा मुद्दा गरी जम्मा एक सय २२ वटा मुद्दा दर्ता प्रहरी जवान खड्काले बताए । 

यसैगरी आर्थिक वर्ष २०७१/७२ मा एक सय ६१ वटा मुद्दा दर्ता भएकोमा एक सय १० वटा मुद्दाको फछौट भई ५१ वटाको काम हुन वाँकी रहेको थियो । प्रहरी दर्ता भएको विभिन्न प्रकारका मुद्दाहरुको प्रतिवादी फेला नपर्दा काम हुन वाकी रहेको खड्काको भनाई छ । आर्थिक वर्ष २०७०/७१ मा ९० वटा दर्ता भएकोमा ९० वटै मुद्दा फर्छौट भएको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक