Similar Articles

नेपाल समाचार (Nepal)

बाढी र पहिरोको जोखिममा रहेका महाभारतका १६ घरपरिवारलाई ७ दिनभित्र बस्ती छोड्न निर्देशन

बिराट नेपाल

ईश्वर थापा
धनकुटा, à¥¬ à¤¸à¤¾à¤‰à¤¨

धनकुटा जिल्लाको जिल्ला दैवीप्रकोप उद्धार समितिले महाभारत-२ गर्जुवा खोला किनारका बासिन्दालाई सात दिनभित्र बस्ती छोड्न निर्देशन दिएको छ । समितिका पदाधिकारीले स्थलगत अनुगमन गरि गर्जुवा खोला किनारका बस्ती अत्यन्तै जोखिममा रहेको भन्दै त्यहाँका घरपरिवारलाई बस्ती छोडेर सुरक्षीत स्थानमा सर्न निर्देशन दिएको हो ।

 à¤—र्जुवा खोलाको किनारमा १६ घरपरिवारको बसोबास छ । वर्षाको मौसममा गर्जुवा खोलाको शिर डुबानबाट वर्षौंदेखि निरन्तर पहिरो गइरहेको छ । पहिरोका कारण गर्जुवाको किनारमा रहेका बस्ती उच्च जोखिममा छन् । माथिबाट खसेको पहिरोले बस्ती पुर्ने र खोला बस्तीमा पसेर घर बगाउन थालेपछि स्थानीयसमेत त्रसित छन् । खोलाको बाढीले पछिल्ला केही महिनायता एक दर्जनभन्दा बढी पटक कोशी राजमार्ग अवरुद्धसमेत भइसकेको छ । 

गर्जुवाको बस्ती जोखिममा छ । त्यही भएर आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको उद्धार समितिका सदस्य सचिव एवम् धनकुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए । उनका अनुसार यसअघि वर्षातमा आएको बाढीले गर्जुवा खोलामा रहेका दुईवटा पक्की पुल बगाइसकेको छ । "बस्तीका अधिकांश घरपरिवारको जग्गा अन्यत्र पनि रहेको बुझिएको छ ।" दाहाल भन्छन् "हामीले दिएको समयसिमा भित्र बस्ती खाली हुन्छ ।"

त्यस्तै कोशी राजमार्गअन्तर्गत गर्जुवाको शिर डुबानको बस्ती पनि त्यहाँका स्थानीयलाई गाविस सचिव मार्फत सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन समेत दिएको स्थानीय विकास अधिकारी दाहालले बताए ।

यसैगरी दैवीप्रकोप उद्धार समितिका संयोजक एवम् धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले गर्जुवा किनारमा बाढीले जुनसुकै बेला पनि मानवीय क्षति हुनसक्ने हुँदा बसाइँ सर्न निर्देशन दिएको बताए । उप्रेतीले त्यहाँका स्थानीय अन्यत्रबाट बसाइँ सरि व्यापार गर्न आएका हुँदा उनीहरूको जग्गाजमिन अन्यत्र पनि भएको दावी गरे । "विकल्प हामीले भन्दापनि त्यहाँका स्थानीयबासी आफैंले खोज्नुपर्छ ।" प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक उप्रेतीको भनाइ छ ।

यसैबीच पहिरो र बाढीको उच्च जोखिम भएपनि अन्यत्र बस्ने ठाउँ नभएकाले जोखिम मोलेर बस्नु आफूहरुको बाध्यता रहेको त्यहाँका स्थानीय बासिन्दा बताउँछन् । सरकारले अन्यत्र बस्ने विकल्प नदिएसम्म ठाउँ छोडेर जान नसकिने उनीहरूको भनाइ छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक