Similar Articles

नेपाल समाचार (Nepal)

काँग्रेस र माओवादी केन्द्र कै कारण केपी ओलीले राजीनामा नदिएका हुन् -- शेरधन राई

बिराट नेपाल

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले काँग्रेस र नेकपा माओवादी केन्द्र कै कारण केपी ओलीले राजीनामा नदिइ अविश्वासको प्रस्तावको सामना गरेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रमा बोल्दै मन्त्री राईले माओवादीले सरकारलाई दिइएको समर्थन फिर्तासँगै ओलीले नैतिकताको आधारमा राजीनामा दिने सोचमा रहेका बेला काँग्रेससँगको गठबन्धन सहित अविश्वासको प्रस्ताव पेस गरेकाले अविश्वासको प्रस्तावको सामना गर्नु परेको बताउनु भयो ।

संसदमा बारम्बार रोकिएको आर्थिक विधेयक २ करोड ८० लाख नेपालीको हितमा भएकाले त्यसलाई छलफलमा ल्याउनु पर्ने र संसदले जस्तो निर्णय गर्छ त्यसलाई स्वीकार गर्न एमाले तयार रहेको भन्दै राईले भन्नु भयो यदि यसो नभए संसदमा अविश्वासको प्रस्तावमाथि छलफल हुन सक्दैन । उहाँले वर्तमान सरकारमाथि नयाँ गठबन्धनको विचलित रूपमा प्रस्तुत भइरहेको छ यो सकारात्मक नभएको भन्दै काँग्रेस र माओवादीले बहुमतको नाममा संविधान मिच्दै जर्बजस्त गर्न नमिल्ने र यसले राजनीतिक सङ्कट बढाउने बताउनु भयो ।

वर्तमान समयमा सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेको आरोप लगाउँदै मन्त्री राईले टक्रापमा उत्रिएका दलहरूलाई एकै थलोमा राखेर संसदमा ल्याई बहस गराउने भन्दा भिडाउनेमा लागेको बताउनु भयो । काँग्रेस माओवादीको नयाँ गठबन्धन कहाँ र कसरी भयो भन्ने सबैलाई जानकारी भएको भन्दै उहाँले कालो कोठामा बसी कसैको इसारामा भोज खाँदै निर्माण गरिएकाले नेपाल र नेपालीका लागि भविष्यमा घातक साबित हुने बताउनु भयो ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले वर्तमान सरकार बिघटन गरेको आरोप लगाउँदै उहाँले भन्नु भयो चीनसँग गरिएका सम्झौताहरुको कार्यान्वयन हुन नसके र चिनिया राष्ट्रपतिको नेपाल भ्रमण नभए नेपालले ठुलो बेफाईदा बेहोर्नु पर्ने छ । मन्त्री राईले वर्तमान सरकारले सञ्चार क्षेत्रमा देखिएका विभिन्न अवरोधलाई नियन्त्रण गर्दै सञ्चार नीति सार्वजनिक गरेको र यसले सञ्चार क्षेत्रको विकासमा अहंम भूमिका निर्वाह गर्ने भएकाले जस्ताको तस्तै कार्यान्वयन गरिनु पर्नेमा जोड दिनु भयो ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक