Similar Articles

चलचित्र 'वीर विक्रम’को अडियो र ट्रेलर सार्वजनिक

बिराट नेपाल

काठमाडौं, ७ साउन


 à¤­à¤¦à¥Œ ३ गतेबाट रिलिज हुने फिल्म ‘वीर विक्रम’को अडियो सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले अडियोसँगै फिल्मको गीत र ट्रेलर पनि सार्वजनिक गरेको हो ।

 

मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा ३ वटा गीत समावेश छ ।

 

‘सारे सारे’ बोलको गीत युटुबमा सार्वजनिक भएसँगै हिट भएको छ भने ‘नजिक हुँदैछु’ बोलको गीतको भिडियो  à¤ªà¤¤à¥à¤°à¤•à¤¾à¤° सम्मेलनमा सार्वजनिक गरियो । à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤®à¤®à¤¾ बोल्दै फिल्मका मुख्य कलाकार दयाहाङ राइले यसको कथावस्तु एउटा गाउँको भएको फिल्म उत्कृष्ट बनेको बताए । उनले बजारमा फिल्मको ट्रेलर सार्वजनिक भएपछि ‘कबड्डी’ जस्तो भनिएपनि त्यस्तो कतै नमिल्ने बताए । उनले यो फिल्मको कथावस्तु र प्रस्तुती विल्कुल फरक रहेको जानकार दिए ।


कलाकार अनुप विक्रम शाहीले दर्शकले फिल्म हेरेपछि आफ्नो भूमिकामा मनोरञ्जन लिने बताए । अर्का कलाकार अर्पण थापाले फिल्मका आफू हाँस्य कलाकारको रुपमा प्रस्तुत भएको र यो दर्शकका लागि नयाँ स्वाद हुने बताए ।

 

कलाकार नाजिर हुसेनले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गरेको बताए । निर्देशक मिलन चाम्सले आफू सधै नै फरक शैलीको सोच राखेर फिल्म बनाउने भन्दै ‘वीर विक्रम’ त्यसै अनुसार बनाइएको बताए ।

 

कार्यक्रममा प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले नेपाली फिल्ममा नयाँ सोचको खाचो रहेको औल्याए ।
यसअगाडि ‘हँसिया’ फिल्म बनाएर चर्चामा रहेका मिलनले बनाएको दोश्रो फिल्म ‘वीर विक्रम’ले हङकङ र यूकेबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । रेनशा राइको कोरियोग्राफी रहेको फिल्ममा यम थापाको लेखन छ । 

 


चलचित्र 'वीर विक्रम'को अडियो सार्वजनिक
चलचित्र 'वीर विक्रम'को अडियो सार्वजनिक
चलचित्र 'वीर विक्रम'को अडियो सार्वजनिक
चलचित्र 'वीर विक्रम'को अडियो सार्वजनिक


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक