Similar Articles

नेपाल समाचार (Nepal)

लक्ष्य पूरा गर्दै पुनरावेदन अदालत धनकुटा

बिराट नेपाल

ईश्वर थापा
धनकुटा,
७ à¤¸à¤¾à¤‰à¤¨


पुनरावेदन अदालत धनकुटाले गत आर्थिक वर्षमा तीन सय ६९ मुद्दा दर्ता भएकोमा दुईसय ९७ अर्थात ८० दशमलव ४८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ । पुनरावेदन अदालत धनकुटाले बिहीबार पत्रकार भेटघाट तथा छलफल कार्यक्रम गरि उक्त जानकारी दिएको हो ।

अदालतका रजिस्ट्रार जितेन्द्रबाबू थपलियाका अनुसार अदालतमा गत ३६ आर्थिक वर्षमा ३६ थान प्रतिवेदन परेकोमा सबै फछ्र्यौट भएका छन् । यस्तै गत वर्षको जिम्मेवारी सरेका मुद्दा ७१ थान रहेका छन । अदालतमा एक वर्ष नाघेका मुद्दा नभएको र १५ दिन भित्र फैसला गर्ने तयार गरिएको पुनरावेदन अदालत धनकुटाले जनाएको छ । अदालतले गत आर्थिक वर्षमा ५९ दशमलव १३ प्रतिशत बेरुजु फछ्र्यौट गरेको छ । अदालतबाट प्रबाह गरिने सेवाहरुको सहजताकोलागि विभिन्न १३ जना दोभाषेहरु नियुक्ति गरिएको मुख्य न्यायाधीश प्रकाश ढुंगानाले जानकारी दिए । उनका अनुसार अदालतले पूरा गर्नुपर्ने पुनरावेदन न्यायक्षेत्र समन्वय समितिको बैठक, वैतनिक कानुन व्यवसायीबाट कारागार भ्रमण, योजनाको आन्तरिक प्रगति समिक्षा, अदालतको पूर्ण बैठक, व्यवस्थापन समितिको बैठक, सञ्चारकर्मीसँगको अन्तरक्रिया, फैसला अपलोड, वार र सरकारी वकिलसँगको अन्तरक्रिया लगायत सम्पूर्ण कार्यहरु लक्ष्य बमोजिम पूरा भएका छन् । 

 

यस्तै, अदालतमा पाँच जना न्यायाधीशको दरबन्दी रहेपनि दुई जना मात्रै कार्यरत रहेको मुख्य न्यायाधीश ढुंगानाले बताए । यसकारण दुईवटा बेञ्चले गर्ने मुद्दा एउटैले गरेर पनि लक्ष्य पूरा भएको उनको भनाइ छ । अदालती मामकार्बाहीमा धेरै पैसा लाग्ने गरेको गुनासो आएको र आर्थिक अवस्था कमजोर भएकाको लागि अदालतले ३५ किसिमका निवेदन निशुल्क गरेको र गत आर्थिक वर्षमा एक सय तीन जनाले यो सेवा लिएको मुख्य न्यायाधीश ढुंगानाको भनाइ छ । 

यस्तै पुनरावेदन अदालत धनकुटा मातहतका धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला अदालतहरुमा व्यवस्थापकीय कार्य लक्ष्य अनुरुप पूरा भएको पुनरावेदन अदालत धनकुटाले जनाएको छ ।

धनकुटा जिल्ला अदालतमा तीन सय ६३ थान मुद्दा परेकोमा ७४ दशमलव १० प्रतिशत अर्थात दुई सय ६९ मुद्दा फछ्र्यौट भएका छन भने तेह्रथुम जिल्ला अदालतमा दुई सय ६४ थान मुद्दा परेकोमा ७० दशमलव ८३ प्रतिशत अर्थात एक सय ८७ थान मुद्दा फछ्र्यौट भएको मुख्य न्यायाधीश ढुंगानाले जानकारी दिए । यस्तै भोजपुर जिल्ला अदालतमा दुई सय १५ थान मुद्दा परेकोमा ६६ दशमलव ०४ प्रतिशत अर्थात एक सय ४२ मुद्दा फछ्र्यौट गरेको छ भने संखुवासभा जिल्ला अदालतले तीन सय ७४ थान मुद्दा दर्ता भएकोमा ७३ दशमलव ६९ प्रतिशत अर्थात दुई सय ७६ थान मुद्दा फछ्र्यौट भएको ढुंगानाले बताए ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक