Similar Articles

सर्वनाममा गुञ्जिए हरि र मिलन

बिराट नेपाल

काठमाडौँ । राजधानीको सर्वनाम थिएटरमा हरि पंगेनी र मिलन शाह शङ्कर गुञ्जिएका छन् । मिलाप मासिकले आयोजना गरेको गजल वाचन कार्यक्रममा उनीहरूले गजल वाचन गरेका हुन् । गजल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा दुवै जनाले १३, १३ वटा गजल वाचन गरेका छन् ।

 

हरि पंगेनीले सुरुवात गरेको गजल वाचनमा उनको पहिलो प्रस्तुति मुक्तक रहेको थियो । हरिले सुरुमै माहोल तताएका थिए । उनले यी ताराहरुले ग्रहहरुले नियम के हो सिएका छन्, यो सहर बेकार बेकार लाग्छ तिमी नहुँदा, जेल र तिमी सँगको भेट उस्तै उस्तै लाग्छ सुनाए । उनी लगत्तै मिलान आफ्नै अनदाजमा प्रस्तुत भए उनले वषैं बित्यो यो बाटोले शान्ति पाएन, सहरमा घाम–पानी बेच्नेहरु बढेछन् र मेरा लागि भगवान् हुन् आमा सुनाउदा सुरुमै दर्शक दीर्घाबाट वाही वाही बटुल्न सफल भए ।

 

हरि पनि के कम उनले फेरि सुरु गरे केही दिएका छन् अनि केही लिएका छन्, जिन्दगी जिउने कला गाह्रो हुन सक्छ र पर्ख तिमीलाई गजलकार बनाउँछु भन्दा दर्शकदीर्घाबाट वान्स मोर पाएका थिए । गजल वाचनमा धेरै माया प्रेमका गजल सुनाएका मिलन मुस्कुराउँदै भने त्यो मेरो प्रेम–पत्र स्वीकारी माया लाईदेऊ, जुन बेहोसी तारा बेहोसी र बादलुको पर्दा खोली तिमी जून बनी आयौ ।

 

जीवन भोगाई र यर्थाथ परक गजललाई प्राथमिकता दिएका हरिले भन्दै थिए जिउने कला बनाइनु पर्छ विद्यालयबाट, देश बिरामी भो सिटामोल कति छ सरकार र ऊ हिडयो मुग्लान रहर बेचर सुनाए भने मिलनले गाउँकी चेलीको चुरा सहरमा फुट्यो, के गरु म उनै मन परेपछि र मुटुभित्र आगो बल्यो खै कसले देख्यो आज सुनाए ।

 

दुवैका अन्तिम तीन गजल बाँकी रहँदा सर्वनामका दर्शकलाई दुवैले जुरुक्कै उचालेका थिए । दर्शकदीर्घाबाट वाही वाहीको साथसँगै फेरि हरिले सुनाए तिम्रो मुस्कान प्रचार छ बजारमा, अप्ठायारो पढियो सरल पढियो बुझिएन र अघि बढनु कसरी समस्यामा छु भन्दै आफ्नो प्रस्तुतिको मैजारो गर्न लागेका उनलाई दर्शकले अझै पाँच पाँच गजल सुनाउन आग्रह गर्दै गर्दा उनीहरू पनि हौसिरहेका थिए र फेरि थप भए दुवैका गजलहरु । मिलनले अन्तिममा मुत्तकबाट गजल वाचन टुङ्ग्याएका थिए । 

 

मिलाप मासिकका प्रधानसम्पादक कृष्णप्रसाद भुसालले राष्ट्रिय स्वाधीनताका लागि स्वतन्त्र पत्रकारिताको मूल लक्ष्यका साथ विश्वभरका नेपाली भाषी पाठकहरुबीच पुग्ने अभीष्ट लिएर विगत सात वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले मुलुकभर र बाहिरका समाचार, समसामयिक लेख, अनुसन्धान, समीक्षामूलक सामग्री, संवाद तथा सवालहरू समेट्दै प्रकाशन हुँदै आएको बताए । मिलापले भाषा, साहित्य, कला र संस्कृतिको सम्बद्र्धनका लागि पनि कार्यहरू गर्दै आएको भन्दै आउँदा दिनहरूमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे । मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले सबैको साथ र सहयोगका लागि धन्यवाद दिएकी थिइन । कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, नायिका सारिका घिमिरे, कवि चन्द्र रानाहँछा, गीतकार वसन्त वित्यासी थापा, संगीतकार रामजी नेपाली, गायक धु्रव विश्को, ¥à¤¯à¤¾à¤ªà¤° भरत समारी, डा. जवी शाहलगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


सर्वनाममा गुञ्जिए हरि र मिलन
सर्वनाममा गुञ्जिए हरि र मिलन
सर्वनाममा गुञ्जिए हरि र मिलन


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक