Similar Articles

नेपाल समाचार (Nepal)

डा केसीको समर्थनमा पदयात्रा

बिराट नेपाल

काठमाडौँ, साउन ८ गते । चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशन बस्नुभएका प्रा डा गोविन्द केसीको समर्थनमा आज यहाँ पदयात्रा गरिएको छ ।

 

सरकारलाई दबाब दिन नागरिकले स्वतस्फूर्त रूपमा आयोजना गरेको पदयात्रामा स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठन, पेसाकर्मी, कलाकार लगायत हजारौँकोे सहभागिता थियो ।

 

प्रा डा केसी चिकित्सा शिक्षा ऐनको मस्यौदामा सबै सरकारी चिकित्सासम्बन्धी शिक्षण संस्थाको आर्थिक भार सरकारले बेहोर्दै विद्यार्थीलाई निःशुल्क गरिनुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी चिकित्सासम्बन्धी कलेज हुनुपर्ने, काठमाडौँं उपत्यकामा आगामी १० वर्षसम्म चिकित्सा, दन्त र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाको मनसायपत्र नवीकरण गर्न नहुने माग राखी अनशन बस्नुभएको हो ।

 

यस वर्ष अधिकतम शुल्क र सिट शिक्षा मन्त्रालय, विश्वविद्यालय र मेडिकल काउन्सिलले निर्धारण गरे झैँ हुने व्यवस्था हुनुपर्ने, आगामी शैक्षिक सत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था र त्यसका लागि आयोगले हाल प्रवेश परीक्षा लिइरहेका निकायसित समन्वय गर्नुपर्ने माग पनि उहाँको छ ।

 

सरकारले प्रा डा केसीसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । दुवै पक्ष तीन पटक वार्तामा बसे पनि सहमति हुन सकेको छैन । रासस

 

फायल फोटो



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक