Similar Articles

कुरा मनमै रहे पछि

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो । 
नेपाली सङ्गीतमा निरन्तरता दिने क्रममा दीपेश किशोर भट्टराई फेरि मनोभाव लिएर बजारमा आएका छन् । उनको "देन" अल्बममा निकै चर्चा बटुल्न सफल "भगवान् मर्‍यो" बोलको गीतबाट सहकार्यमा जुटेका भुपेन्द्र महतको शब्द र दीपेशकै स्वर र सङ्गीतमा सजिएका यो अल्बममा गीत र गजल गरी ८ वटा सांगेतिक कोशेली छन् । महाराज थापाको सङ्गीत समायोजन रहेको उक्त अल्बमको एउटा गीतको म्युजिक भिडियो हालै बजारमा आएको छ । रोमान्चकरुपमा पोखिएको यो गीतमा मन पराएकालाई भन्न नसक्दाको युवा भावना कस्तो हुन्छ भन्ने कुरा गीत मार्फत प्रकट गरिएको छ। कोलोराडोमा रहदै आएका बासु खडका र सम्पादाको अभिनय रहेको उक्त म्युजिक भिडियोको बिभोर पोखरेलले निर्देशन गरेका छन् । 


अनिल मानन्धरको छाँयान्कन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियोले सबैको मन जित्ने निर्माण पक्षले आशा राखेको छ । हुन त यस अल्बमका,"तिमी जहाँ खुसी तेही", "यसै पनि राम्री तिमी", "भगवान् मर्‍यो" र "न याद यो" जस्ता बोलका गीतहरुको म्युजिक भिडियो पहिले नै सार्वजनिक भई सकेका छन् । 

यो बिल्कुलै नयाँ स्वादको गीत हेर्न यहाँ क्लिक गर्नु होला । 

 

. . . . .

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक