Similar Articles

नेपाल समाचार (Nepal)

क्यानडा र अमेरिका पठाइदिन्छु भन्दै ३१ लाख ठग्ने पक्राउ

बिराट नेपाल

क्यानडा र अमेरिका पठाइदिन्छु भन्दै ४ जनासँग ३१ लाख रुपैंया ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका ३१ वषिर्य तुलबहादुर तामाङ पक्राउ परेका छन् । फेसबुकमा आफ्नो नाम परिर्वतन गरी विदेशमा काम गरीरहेकासंग मित्रतागरी अमेरिका र क्यानडा लैजाने भन्दै नेपाल बोलाएर ९ देखी १३ लाख रुपैंयासम्म ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

 

महाशाखाका अनुसार तामाङले फेसबुकमा जेभी नाममा खाता खोलेर विभिन्न व्यक्तिलाई साथी बनाएर आफू क्यानडाको पिआर पाएको व्यक्ति र आमा क्यानडामा डक्टर छिन् भन्दै प्रलोभन दिने गरेका थिए । प्रस्ताव विदेशमा वैदेशिक रोजगारीमा रहेकालाई क्यानडा र अमेरिका पठाइदिने प्रस्ताव राख्दै नेपाल बोलाउने गरेको अनुसन्धानमा खुलेको छ ।

 

महाशाखाको अनुसन्धान विवरण अुनसार उनको प्रस्तावमा लोभिएर लेवनानमा रोजगारीमा रहेकी श्रृजना दोङ्ग नेपाल आएकी थिइन् । उनीसँग भेटगरी तामागंले अमेरिकामा डिपेन्डेन्ट भिसामा पठाउने भन्दै उनीसँग ९ लाख रुपैंया लिएका थिए ।

 

उनले श्रृजनासंग विश्वसनीय सम्बन्ध बनाएर उनलाई नै क्यानडा जान चाहने अन्यको खोजी गराए । श्रृजनाले क्यानडाका लागी भाइ भाइ सञ्जय दोङ्ग र मिम लामालाई राजी गराइन् र १३ लाख रुपैंया बुझाइन् । फेसबुकमै सम्पर्क भएकी साईप्रसमा रहेकी कुसुम लामालाई क्यानडा आफ्नो आमा डक्टर रहेको र उनलाई क्यानडा लैजाने प्रस्ताव राख्दै ९ लाख रुपैंया लिएको उनको बयानबाट खुलेको महाशाखाले जनाएको छ ।

 

विदेश पठाउने भनी तामाङबाट अन्य व्यक्ति समेत ठगीएको हुनसक्ने भन्दै महाशाखाले कोही ठगीएको भए सम्पर्क राख्न आग्रह गरेको छ । आजको कान्तिपुरमा समाचार छ ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक