Similar Articles

‘द विनर’बलिउड स्तरको पहिलो फिल्म--महेशमान

बिराट नेपाल

काठमाण्डौ,१० साउन 


हिक्मत बिष्टको निर्देशनमा निर्माण गरिएको चलचित्र ‘द विनर’को गीत र टिजर पछिल्लो समय चलचित्र बृतमा चर्चामा छ भने चौतर्फी रुपमा हलिउड र बलिउड फिल्म बाट प्रभावित भन्दै फिल्मको रिलिजलाई निकै चासो पुर्बक हेरिएको छ । 

 

रिलिजको तयारीमा रहेको फिल्मको अहिले डबिङ कार्य धमाधम भईरहेको छ । यसै क्रममा फिल्मका नायक महेशमान श्रेष्ठले अष्ट्रेलिया,दुबई र नेपालमा छाँयाकन गर्दाको तस्विर सार्बजनिक गरेका छन् । उनी यसै चलचित्र मार्फत रजतपटमा डेब्यु गरेका हुन् । सार्बजनिक तस्बिरले नै फिल्म छाँयाकनको ब्याख्या गरेको देखिन्छ । 

 

केहि समय अघि आयोजित कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राईले लगायतका चलचित्रकर्मीहरुले फिल्मको टिजर र गीतको प्रसंसा गर्दै उच्च स्तरीय चलचित्रको संकेत देखाएको भन्दै चलचित्रका निर्माण पक्ष र कलाकारलाई सफलताको शुभकामना दिएका थिए । 

 

चलचित्रलाई नायक श्रेष्ठले ‘द विनर’लाई बलिउड स्तरको र तीन देशमा छाँयाकन गरिएको पहिलो नेपाली फिल्मको दाबी गरेका छन् । यस्तै उनले यस चलचित्र बनाउन बलिउडलाई करिब ८० करोड लाग्न सक्ने समेत बताएका छन् । नायक श्रेष्ठले चलचित्रको बिशेषताका बारे सामाजिक संजाल फेसबुकमै सार्बजनिक गरेका छन् ।

 

यस चलचित्रमा महेशमान सहित पुर्ब मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, मन्चिन शाक्य,राजकुमार पन्त,रेशु तामाङ र अमित गिरी मुख्य भुमिकामा छन् । भने,केहि बिदेशी कलाकारले समेत अभिनय गरेका छन् । 

 

चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी,बिकास खरेल,रितेश राणाको लगानीमा निर्माण गरिएको हो । 

 


'द विनर'बलिउड स्तरको पहिलो फिल्म--महेशमान
'द विनर'बलिउड स्तरको पहिलो फिल्म--महेशमान
'द विनर'बलिउड स्तरको पहिलो फिल्म--महेशमान
'द विनर'बलिउड स्तरको पहिलो फिल्म--महेशमान
'द विनर'बलिउड स्तरको पहिलो फिल्म--महेशमान
'द विनर'बलिउड स्तरको पहिलो फिल्म--महेशमान


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक