Similar Articles

डोलेश्वरमा भएको गणेश पुराणमा ९ लाख उठ्यो

बिराट नेपाल

भक्तपुर,१०  à¤¶à¥à¤°à¤¾à¤µà¤£ 

केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावण १ गतेबाट सुरु भएको श्रावणी मेला अन्तर्गत गणेश पुराणमा ९ लाख ५ हजार ४ सय २८ आम्दानी भएको आयोजकले जनाएको छ ।

 

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना सम्पन्न गर्न र थप प्रचार प्रसार गर्ने उद्देश्यले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा श्रावण १ गतेबाट भाद्र ६ गतेसम्म हुने मेलामा श्रावण १ गतेबाट ७ गतेसम्म पण्डित विष्णुहरि बडालबाट गणेश पुराण बाचन भएको मूल आयोजक समितिका संयोजक एवं केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका उपाध्यक्ष सुर्यबहादुर खाइतुले बताए ।

 

खाईतुका अनुसार निर्माण अनुदानमा रु. ५ लाख २९ हजार २ सय ९०, भगवान भेटी रु. २ लाख २८ हजार ७ सय ५०, रुद्रीबाट रु. ६ हजार २ सय ३०, आजीवन सदस्यताबाट रु. ७२ हजार ८ सय ६५, फोटो, कितावबाट रु. २४ हजार १९  à¤° अन्यबाट रु. ४४ हजार २ सय ७४ रहेको छ ।

 

श्रावण ८ गतेदेखि १४ गतेसम्म स्वामी श्री चतुर्भुजाचार्य चुडामणि महाराजबाट रासपञ्चाध्यायी पुराण बाचन भईरहेको छ ।  

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक