Similar Articles

भुकम्प प्रभावित जिल्लाका लागि 'मेरो बुद्ध ,मेरो नेपाल मनोरञ्जन साँझ २०७३'

बिराट नेपाल

काठमाडौं, १० साउन

भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १०० फिट अग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ बिभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती दिने भएका छन्।  à¤¬à¥à¤¦à¥à¤§, मि एण्ड नेपालको आयोजनामा हुन लागेको मेरो बुद्ध ,मेरो नेपाल मनोरञ्जन साँझ २०७३ नामक कार्यक्रम साउन १४ गते हुन लागेको हो । 

 

राजधानिको प्रज्ञा प्रतिष्ठानमा चर्चित कलाकारहरु किरण के।सी, शिवहरि पौड्याल, दिपकराज गिरी, दिपाश्री निरौला, मनोज आचार्य, सबिता गुरुङ्ग, कोमल वली, सुरेन्द्र के।सी।, शिव शंकर रिजाल, राजेश पायल राइर्, सुशिल क्षेत्री, विल्सन विक्रम राई, मिलन अमात्य, सुनिता दुलाल, डिजराज पौडेल, शंकर वि।सी, पार्वती राइ, जेनी कुंवर तथा थुप्रै कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

 

बुद्ध, मि एण्ड नेपाल ७५ वटै जिल्लामा १०० फीट भन्दा अग्लो र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने निकै महत्वपूर्ण र महान लक्ष्य बोकेर स्थापना भएको संस्था हो । पहिलो पटक सिन्धुपाल्चोक जिल्लाबाट यसको निर्माण गर्ने उद्देश्य अनुरुप उक्त योजनालाई सफल बनाउन सहयोगार्थ कायक्रम मेरो बुद्ध मेरो नेपाल मनोरंजन सांझ २०७३ आयोजना गरिन लागिएको हो आयोजक संस्थाले बताएको छ । 

 

कार्यक्रमबाट उठेको सम्पुर्ण रकम सिन्धुपाल्चोक जिल्लामा बुद्ध मूर्ति र बुद्ध शिक्षालय निर्माणका लागि उपयोग गर्ने जानकारी आयोजकहरुले दिएका छन् । 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक