Similar Articles

फिल्म नपाएको झोक पत्रकार माथि किन पोखिन् सुष्मा कार्कीले ?

बिराट नेपाल

काठमाडौं,११ साउन
 
नायिका सुस्मा कार्कीले संञ्चारकर्मी समीर बलामीले गरेको प्रश्नमा जंगिर्दै आफ्नो वारेमा अध्ययन गर्न भनेकी छिन् । संचारकर्मी बलामीले उनलाई चलेछ बतास सुस्तरी पछि तपाईको खासै फिल्म छैन । पछिल्लो समय तपाईका खासै राम्रो फिल्म आएका छैनन् । संजोगले तपाईलाई स्थापित गराउन सक्ला । कि फिल्म नै पाउन छोड्यो भन्ने प्रश्नमा उनले चलेछ बतास सुस्तरी सुपरहिट फिल्म भएको दावी गर्दै आफ्नो वारेमा पत्रकारलाई चासो नलिन भन्दै जंगिईन् । म के काम गर्छु यसको वारेमा तपाईहरुलाई के मतलब । मैले फिल्म पाएनी नपाएनी के भो भन्दै उनी जंगीएकी थिईन् । उनले आफ्नो वारेमा स्टडी गर्न समेत भनिन् ।
 
बलामीले चलेछ बतास सुस्तरी व्यवसायिक रुपमा फ्लप भयो भन्दै गर्दा उनले रिसले चूर्ण भई हिट भएको हो भन पनि भ्याईन् । उनी किन यसरी रिसाईन् त्यो उनैले जानुन् । तर पछिल्लो समय उनी चलचित्रमा भन्दा स्टेज कार्यक्रमहरुतिर बढि देखिएकी छिन् । उनी यतिखेर फिल्म क्षेत्रबाट गुमनाम नै भएकी छिन् । केही भिडीयोहरु तथा कहिले दुबई, कहिले हङकङ त कहिले काठमाडौं ठमेल लगायतका ठाउँहरुमा हुने विभिन्न कार्यक्रममा उनी व्यस्त रहँदै आएकी छिन् । संचारकर्मी बलामीले भने उनको वारेमा अध्ययन गर्न उनको कार्यक्रम हुने स्थानहरु दुबई, हङकङ जानुपर्नेकी ठमेल भनी प्रतिप्रश्न गरेका छन् ? जे होस् फिल्म पाउन छाडेपछि उनी मानसिक तनावमा पर्दै गएको मान्न सकिन्छ । सुष्माको उक्त उत्तर पछि उपस्थित १२ पत्रकार मध्ये ११ पत्रकार कार्यक्रम बाट बाहिरिएका थिए ।
 
मंलवार चलचित्र संजोगको वारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा यस्तो संजोग मिलेको हो । १ बजे शुरु भनिएको कार्यक्रम ३ः३० मा शुरु भएको थियो । १२ जना पत्रकार सहभागी कार्यक्रममा १९ जना अतिथीहरु रहेका थिए । फिल्मले रिलीज मिती भन्दा २ दिन अगाडी पहिलो पत्रकार भेटघाट गरेको हो । यति मात्र नभई नायिका सुष्मा कार्की र नृत्य निर्देशक गोविन्द राईले चलचित्र संजोगका निर्माता उमेश उप्रेतीले फिल्म बनाउन होटलनै बेचेको भन्दै बेईज्जत गरेका थिए । जुन कुरा फिल्मको वारेमा बोल्दा निर्माता स्वयम उमेश उप्रेतीले भनेनन् । यो चलचित्र आउँदो शुक्रवार अर्थात श्रावण १४ गतेवाट प्रदर्शनमा आउने भएका छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक