Similar Articles

कलाकार लक्ष्मीको सहयोगार्थ दीपशिखाले कार्यक्रम गर्ने

बिराट नेपाल

मनकामना, एकसाथ, मलाई माफ गरिदेउलगायतका चलचित्र, थुप्रै सिरियलहरु र कोरियोग्राफर समेत रहेकी लक्ष्मी रानाको दुवै मृगौलाले काम नगरेपछि अहिले स्वास्थय अवस्था विग्रीएको छ । एउटा मृगौला सानो छदा नै काम नगर्ने भएको उनको अर्को मृगौैलाले पनि काम गर्न छोडेको धेरै भएको छ । रकम अभावमा उपचार गर्न नसकेर कालोपुल डेरामा बस्दै आएकी उनलाई थोरै भए पनि दीपशिखा फाउण्डेशनले उपचारका लागि सहयोग गर्दै आएको छ ।

 

स्वदेश तथा विदेशका थुप्रै कार्यक्रमहरुमा आफ्ना प्रस्तुती मार्फत दर्शकको मन जित्न सफल भए पनि उनको अहिलेको अवस्था भने दयनीय रहेको छ । केही व्यक्तिहरुले व्यक्तिगत रुपमा सामान्य सहयोग गरे पनि उक्त रकम उपचारका लागि प्रयाप्त छैन । उनले आफू अहिले यस्तो हुँदा सबैको साथ सहयोग चाहेको बताएकी छन् । आखाभरि आशु पार्दै उनले साथ सहयोगको अपिल गरेकी छन् । दीपशिखा फाउण्डेशनले उनको सहयोगार्थ राजधानीको कान्तिपथ स्थित राष्ट्रिय नाचघरमा साउन ३२गते मंगलबार सांस्कृतिक कार्यक्रमको आयोजना गर्न गइरहेको छ ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक