Similar Articles

वल्र्ड फेस्टिबलमा भाग लिन नेपाली कलाकार जापान प्रस्थान

बिराट नेपाल

काठमाडौं,१५ साउन


जापानको  à¤¤à¥‹à¤¯à¤¾à¤®à¤¾ शहरमा आयोजना हुने ‘द वल्र्ड फेस्टिवल अफ चिल्डे«à¤¨à¥à¤¸ पर्फमिङ आर्टस् इन तोयामा–२०१६’मा सहभागी हुन सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को दस सदस्यीय टोली बिहिबार बेलुका जापानतर्फ लागेको छ । संस्थानका महाप्रबन्धक राजेश थापाको नेतृत्वमा त्यस तर्फ लाग्ने टोलीमा कलाकारहरुमा कृष्ण गुरुङ, खर्क बुढा, अन्जु आले, शुशिला थापा, शवनम सिलवाल, गोरन चौधरी, सुर्या कार्की, केशव कोईराला छन् । जापान जाने समुहलाई बिहिबार दिउँसो संस्थानका अध्यक्ष उधोग राईले टिका र फुलमाला लगाएर बिदा गरेका हुन् । 


नेपाल तोयामा कल्चरल एक्चेन्ज एसोसियसनका अध्यक्ष राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा कलाकारको टोली जापान प्रस्थान गरेको हो ।  à¤Ÿà¥‹à¤²à¥€à¤²à¥‡ जुलाई ३० तारिख देखि अगस्ट ४ सम्म तोयामा शहरमा विभिन्न स्थानहरुमा मौलिक नेपाली कला संस्कृति झल्कने कार्यक्रमहरु प्रस्तुत गर्ने छन । सो महोत्सवमा संसार भरीका २६ राष्ट्रका कलाकारहरुले भाग लिदैँ छन् । तोयामा मुख्य दई हल मध्य एउटामा १३ देशका बालबालिका तथा अग्रज कलाकार र अर्को हलमा बाँकी १३ देशका कलाकारले आफ्ना मौलिक कला प्रस्तुत गर्नेछन । 
बालबालिकाको लागि आयोजना गरिएको सो महोत्सबमा उनीहरुले अग्रज कलाकारबाट विभिन्न देशका कला हेर्ने र जान्ने अबसर पाउने भएकाले नेपालबाट युवा पुस्ताका कलाकारहरु महोत्सबमा सहभागी हुन लागेको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । 


 à¤¨à¥‡à¤ªà¤¾à¤²à¤•à¤¾ तर्फबाट कार्यक्रममा कृष्ण गुरुङ र खर्क बुढाले मौलिक नेपाली लोक धुनहरु प्रस्तुत गर्नेछन् । यस्तै नृत्य कलाकारहरुले मेची देखि महाकालीसम्म तथा हिमाल देखि तराई सम्मका विभिन्न लोक नृत्यहरु प्रस्तुत गर्नेछन । यसरी प्रस्तुत गरिने नृत्यहरुमा  à¤¸à¥à¤¯à¤¾à¤¬à¥à¥à¤°, तामाङसेलो, साकेला, झुम्रा, झ्याउरे, हुड्केली, भोजपुरी, टप्पा नृत्यहरुका साथै काठमाडौ उपत्यकाको नेवारी समुदायमा प्रचलित मौलिक चर्या नाच र मयूर नाच लगायत रहेको छ ।  


 à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤®à¤®à¤¾ प्रस्तुत गरिने नृत्यहरुको नृत्य संयोजन संस्थानका कलाकार गोरन चौधरीले गर्ने छन् ।  à¤¸à¤‚गीत संयोजन कृष्ण गुरुङको रहनु भएको छ । यसै गरी भेषभुषा तथा श्रृंगारमा अन्जु आले छन् । क नेपाली टोलीको नेतृत्व सांस्कृतिक संस्थानको महाप्रबन्धक राजेश थापाले गर्नेछन् । सो २६ देशको टोलीले तोयामा शहरको मुख्य प्रस्तुती पछि सोही शहरका विभिन्न डबलीमा ४ दिनसम्म आफ्ना लोक नृत्य प्रस्तुत गर्नेछ । 


तोयामा शहरको कार्यक्रम पश्चात अगष्ट ५ र ६ तारिकमा कलाकार समुहले जापानको टोकियो शहरको सांस्कृतिक र प्राकृतिक सुन्दरताको अबलोकन भ्रमण गर्नेछन् । एनआरएन जापानले ५ र ६ अगष्टमा आयोजना गर्ने नेपाली महोत्सबमा पनि यो कलाकार सहभागी हुने संस्थानका महाप्रबन्धक थापाले जानकारी गराए । सांस्कृतिक संस्थानको यो टोली ३२ साउन अर्थात ७ अगष्टमा नेपाल फर्कने छ । 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक