Similar Articles

नेपाल समाचार (Nepal)

प्रचण्डले कमल थापालाई सरकारमा आउन आग्रह

बिराट नेपाल

काठमाडौँ ।  

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी हुन प्रस्ताव राखेका छन् । आइतबार दिउँसोको भेटमा प्रचण्डले थापालाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकारका लागि दिएको सात दिनको समय सकिएपछि आइतबारबाट प्रचण्डले सरकार निर्माणको पहल सुरुको क्रममा थापालाई सहभागीको लागि आग्रह गरेका हुन ।

 

माओवादी र नेपाली काँग्रेसले व्यवस्थापिका संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर प्रधानमन्त्री ओलीलाई राजीनामा दिन बाध्य गराएकाले काँग्रेस र माओवादी गठबन्धनको सरकार बन्ने पक्का भएको छ ।

 

काँग्रेसले जिम्मेवार मन्त्रालय लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेकाले प्रचण्ड सरकार निर्माणको पहलमा अगाडि बढेका छन् । प्रचण्डले काँग्रेस बाहेक अन्य साना दललाई समेत सरकार निर्माणमा सहयोग गर्दै आउनु भनी भन्दै आएका छन् ।

 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक