Similar Articles

नेपाल समाचार (Nepal)

नेपाल पर्यटन श्रमिक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न अध्यक्षमा पुनः कपिल

बिराट नेपाल

सागर श्रेष्ठ, बुटार, गोरखा ।
 
नेपाल पर्यटन श्रमिक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन गोरखा जिल्लाको बुटारमा रहेको रिभर फन रिसोर्टमा भव्यताको साथ सम्पन्न भएको छ । सङ्घको अध्यक्ष दिपेन्द्र पाण्डे (कपिल)को अध्यक्षता तथा नेका केन्द्रीय सदस्य, निर्वतमान टे्रड युनियन विभाग प्रमुख   माननीय बद्री पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 
 
 
अन्य विशिष्ट अतिथिहरूमा माननीय सांसद पुष्कर आचार्य, निट नेपालका अध्यक्ष दीपक महत, नेपाल टे«à¤¡ युनियन कागे्रसका राष्ट्रिय उपाध्यक्ष अयोध्या प्रसाद यादव, नेपाल टे«à¤¡ युनियन कागे्रसका राष्ट्रिय महासचिव महेन्द्र प्रसाद यादव, नेपाल टे«à¤¡ युनियन कागे्रसका राष्ट्रिय कोषाध्यक्ष योगेन्द्र कुवर, नेपाल यातायात मजदुर सङ्घका राष्ट्रिय अध्यक्ष अजय कुमार राई, नेपाल यातायात मजदुर सङ्घका वरिष्ठ सल्लाहकार विजय स्वाँ, टान कापुर्व उपाध्यक्ष कुलगुरुगं, नेपाल यातायात मजदुर सङ्घका वरिष्ठ उपाध्यक्ष कुमार केसी, नेपाल यातायात मजदुर सङ्घका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल,  à¤¨à¥‡à¤ªà¤¾à¤² यातायात मजदुर सङ्घका उपाध्यक्ष बुद्ध तिवारी, नेपाल यातायात मजदुर सङ्घका उपमहासचिव नुर नाथपंत, राष्ट्रिय अनलाइन पत्रकार सङ्घका महासचिव तथा न्यूज अभियान डटकमका सागर श्रेष्ठ, गन्तव्य नेपाल डटकमका शिभ अधिकारी । 
 
 
 
त्यसैगरी अतिथिहरूमा नेपाल यातायात मजदुर सङ्घका मध्यमांचल अध्यक्ष जगनाथ गौतम, नेपाल यातायात मजदुर सङ्घका काठमाण्डौं जिल्ला सचिव प्रकाश मगर लगायतको उपस्थिति रहेको थियो ।
 
कार्यक्रमको उदघाटन गडगडाहट तालीको साथ प्रमुख अतिथिले मैनवक्ति बालेर उदघाटन गरेको थियो । उदघाटन सत्रमा मन्तव्य तथा शुभकामना दिनुहुने सबै वक्तहरुले उत्तरोतर प्रगतिको कामनाको साथै आफ्नो मजदुरहरूको हक अधिकारको लागि डटेर अगाडी बढ्न हौसला प्रद्धान गरेको थियो । अहिले सम्म काठमाण्डौ, कांस्की, काभ्रे, सिन्धुपाल्चोक, झापा, सोलुखुम्बु, रसुवा लगायतमा जिल्ला कमिटि त्यसैगरी काठमाण्डौमा २० वटा प्रतिष्ठान र झापामा ३ वटा प्रतिष्ठान गठन गरिसकेको जानकारी गराईएको थियो । अब ७५ ओटै जिल्लामा शाखा खोल्न अघि बढ्नु पर्ने धारणा राखेको थियो । कार्यक्रमको बिचमा आइटिएफ एसिया प्यासिफिकका महासचिवले पठाएको अडियो शुभकामना सुनाईएको थियो । 
 
 
यस संस्थालाई टान, एनएमए, नाटा, नारा जस्ता संघहरुले साथ दिएको चर्चा परिचर्च गरेका थिए । यस वर्षको यस संस्थाको मुख्य नारा रहेको थियो नो ट्रेकिङ्ग उवीथाउट गाईड एण्ड पोर्टर  à¤°à¤¹à¥‡à¤•à¥‹ थियो । यस सङ्घले १० ओटा प्रस्तावहरूलाई बन्दशत्रमा छलफलमा लगेको थियो । बन्दशत्रमा महासचिवको सांगठानिक प्रतिवेदन र कोषाध्यक्षकोे करिब २ लाख ८४ हजार ३३६ को आर्थिक प्रतिवेदन अनुमोदन गरेको थियो । 
 
 
 
करिब ३ घण्टाको छलफलपछि विधान अनुमोदन गरेर दिपेन्द्र पाण्डे (कपिल)को अध्यक्षतामा ४ वर्षको लागि नयाँ कार्य समिति चयन भएको छ । जसमा वरिष्ठ उपाध्यक्ष दिल थापा, उपाध्यक्षहरु उदय कुमार श्रेष्ठ, ईश्वर प्रसाद लामिछाने, दल बहादुर गुरुङ्ग, महासचिवहरु गणेश निरौला, निरज मिश्र, सचिवहरुमा केशव मैनाली, नकुर दोङ्ग तामाङ्ग, कोषध्यक्षमा ऋतु ग्यामदान, सह कोषाध्यक्षमा सिंह वीर घले र सदस्यहरूमा क्रमशः लोक बहादुर बराल, सुशील खनाल, प्रभात लामा, बल बहादुर तामाङ्ग, होमनाथ सिंखडा, राजेन्द्र खत्री, विजय सुवेदी, लक्ष्मण गुरुङ्ग, प्रकाश रिजाल, सौगात श्रेष्ठ, सुर्च बहादुर तामाङ्ग र लोक बहादुर गुरुङ्ग निर्वाचित भएकाछन् । पछि अध्यक्षले ६ जना केन्द्रीय सदस्यहरू मनोनीत गर्ने भएको छ भने जिल्ला कमिटिका अध्यक्षहरु केन्द्रमा आमन्त्रीत सदस्य रहनेछन् । 
 
 
निर्वाचन समितिको निर्वाचन प्रमुख नुरनाथ पन्त रहनु भएको थियो भने वहाँले नै निर्वाचित सबैलाई सपथ खुवाउँनु भएको थियो । कार्यक्रम निरज मिश्रले सञ्चालन गर्नु भएको थियो ।
 
 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक