Similar Articles

नेपाल समाचार (Nepal)

बाढी प्रभावितहरुद्वारा आफुहरुलाई सुरक्षीत स्थानमा सार्न एमाले र युवा संघ संग अनुरोध

बिराट नेपाल

दिनेश ठाकुर
नेपालगन्ज, १६ साउन
 


नेकपा एमाले बाँके र युवा संघ बाँकेको टोलीले बाँकेको राप्तीपारी क्षेत्रका विभिन्न गाविसका बाढी प्रभावित क्षेत्रको स्थलगत जानकारी लिएको छ ।  à¤à¤®à¤¾à¤²à¥‡ बाँकेका उपाध्यक्ष निरक गुरुङ, क्षेत्र नम्बर २ का अध्यक्ष राजेन्द्र कँडेल, युवा संघ बाँकेका अध्यक्ष किशोर थापा नेतृत्वको टोलीले राप्तीपारी फत्तेपुर र गंगापुर गाविस र होलिया गाविस १ कुडवामा पुगी बाढी पिडित सँग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएको हो । 


सो अवसरमा बाढी पीडितहरुले राप्ती किनारमा रहेको वस्ती असुरक्षित रहेको भन्दै आफुहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेका थिए ।


 à¤ªà¤›à¤¿à¤²à¥à¤²à¥‹ समय राप्तीनदीले पुर्बतर्फ कटान तीव्ररुपमा गरेका कारण फत्तेपुर र गंगापुरका बासिन्दा बढि जोखिममा रहेको पाइएको एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले बताए । बाढी पीडितहरुले अहिले सम्म आफुहरुको वस्तीमा बाढीको  à¤…वस्था बुझ््न कुनैपनि सरकारी र गैरसरकारी निकाय नपुगेको गुनासो समेत गरेका छन् ।


यसैबीच बाढी प्रभावित क्षेत्रको स्थलगत अनूगमन पछि युवा संघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयको ध्यानाकर्षण गराएको छ ।  à¤¯à¥à¤µà¤¾ संघ बाँकेका अध्यक्ष किशोर थापाद्धारा हस्ताक्षरित  à¤œà¥à¤žà¤¾à¤ªà¤¨à¤ªà¤¤à¥à¤°à¤®à¤¾ बाढीपीडितको गासबास र कपासको व्यवस्था गर्न तथा  à¤”षधी उपचारको व्यवस्था गर्न  à¤®à¤¾à¤— गरिएको छ ।


 à¤­à¤¾à¤°à¤¤à¥€à¤¯ पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण बाँकेका होलिया, वेतहनी, फत्तेपुर, गंगापुर लगायतका गाविस बाढीबाट प्रभावित भएको दावी गरिएको छ ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक