Similar Articles

नेपाल समाचार (Nepal)

महावीर पुनको सबै जग्गा आविष्कार केन्द्रलाई दान

बिराट नेपाल

फोटो:  à¥© करोड बढी पर्ने महावीर पुनको नाममा रहेको जग्गाको लालपूर्जा

 

काठमाडौँः समाजसेवी महावीर पुनले आफ्नो नाममा भएको सबै जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने घोषणा गरेका छन् । सन् २००७ को रमन म्याग्सेसे पुरस्कार प्राप्त गरेका पुनले आइतबार आफ्नो नामको सबै जग्गा अविष्कार केन्द्रलाई दान गर्ने घोषणा गरेका हुन् । पुन व्यक्तिगत पहलमा लामो समयदेखि नेपालका ग्रामीण क्षेत्रमा सूचना प्रविधिका क्षेत्रमा समाजसेवा गर्दै आएका छन् । 


पुनले सरकारले अविष्कार केन्द्रलाई सहयोग नगरेकाले आफ्नो नामको सबै जग्गा दान गर्ने घोषणा गरेको बताएका छन् । जग्गा दान गर्ने घोषणा सँगै पुनले आफ्नो नामको जग्गाको लालपूर्जा समेत सार्वजनिक गरेका छन् । राज्यलाई अविष्कार केन्द्रलाई सहयोग गर्न पटकपटक आग्रह गर्दा पनि सहयोग नगरेपछि जग्गा दान गर्ने निर्णय गरेको पुनले अन्नपूर्ण अनलाइनलाई बताए । 


पुनले भने, ‘पटकपटक भएका प्रधानमन्त्री, अर्थमन्त्री र सचिवलाई सहयोग गर्न आग्रह गरेँ । सहयोग नगरे आफ्नै जग्गा दान गर्छु भनेर धम्की समेत दिए तर केही भएन अनि आज सबैको जानकारीका लागि यो कुरा सार्वजनिक गरेको छु ।’ 


पुन भन्छन्, ‘यो घोषणा नयाँ होइन। यो घोषणा अर्थमन्त्री डा. रामशरण महत र विष्णु पौडेलसहित अर्थ सचिव, सह–सचिव अनि दुई प्रधानमन्त्री र उनका सल्लाहकारलाई विगतका दिनमा बारम्बार भनी सकेको कुरा हो। मैले सबैलाई ‘यदि, सरकारले राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्न मिल्दैन अथवा सहयोग गर्न सक्दैन भने मेरो नाममा भएको करिब ३ करोड पर्ने २८ रोपनी जग्गा बेचेरै भए पनि सुरु गर्छु ।’ यसो भन्दा उहाँहरूले ‘जग्गा बेच्नु पर्दैन बरु त्यहाँ पनि सानो अनुसन्धान केन्द्र बनाउन सकिन्छ’ भनेका थिए ।’


पुनले आफ्नो २८ रोपनी जग्गाको बारेमा समेत प्रस्ट पार्दै फेसबुकमा लेखेका छन्, ‘त्यो जग्गा पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा छ । त्यो जग्गा हाल अमेरिकामाबस्ने बन्बरे, पर्बतको पदम पुन भाइ र मैले २० वर्ष अगाडि किनेका हौँ । त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायलाई फाइदा हुने कुनै राम्रो कामको लागी प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौँ। त्यति बेला त्यो जग्गा पदम भाइको नाममा किनेका थियौँ। तर पदम भाइ अमेरिकामा बसोबास गरेकोले केही महिना अगाडि सो जग्गा मेरो नाममा नाम सारी गरिएको छ। सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य ३ करोड पर्छ।’ 


पुनले अविष्कार केन्द्रका लागि सरकारको ढोका बन्द गरेर जनताको ढोकामा गइसकेको बताउदै आफ्नो जिन्दगीको सम्पूर्ण समय यसमै लगाउने र आर्थिक सङ्कट परे २८ रोपनी जग्गा बेचेर केन्द्रको काम अगाडि बढाउने समेत बताएका छन् । आर्थिक सङ्कट नपरे जग्गामा भौतिक संरचना बनाएर अनुसन्धानका लागि उपयोग गर्ने पुनको योजना छ ।


पुन लेख्छन्, ‘अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गइसकेका छौँ । मैले नेपालको विकासका लागि  à¤®à¥‡à¤°à¥‹ बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छु भनी रहेको अवस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने कुरा घोषणा गर्दछु। पैसाको अति नै आवश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानका लागि केही  à¤­à¥Œà¤¤à¤¿à¤• संरचना बनाइनेछ।’


पुनले जग्गा दान गर्न र सहयोग गर्न चाहनेलाई समेत आह्वान गरेका छन् । उनले सहयोग गर्न चहानेले वेभसाइट वा उनको ९८४१५९२३६१ मोबाइल नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । अन्नपूर्णपोस्टबाट 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक