Similar Articles

नेपाल समाचार (Nepal)

खप्तडको बिकास नहुनुमा स्थानिय राजनैतिक दलहरु नै बाधक–पर्यटन सरोकारवाला

बिराट नेपाल

काठमाण्डौं, १७ साउन
खप्तड क्षेत्रको पर्यटन मैत्रि बिकास नहुनुमा स्थानीय राजनैतिक दलहरु नै बाधक रहेको बताईएको छ । नेपाल पर्यटन बोर्डमा पर्यटन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा त्यस क्षेत्रका सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । 


खप्तडमा पर्यटन मैत्रि पूर्बाधार बिकास गर्ने उद्धेष्यले आजभन्दा करिब ८ बर्ष पहिला खप्तड क्षेत्र पर्यटन बिकास समितिको गठन भई पर्यटन मन्त्रालयबाट करिब २० करोड बराबरको बजेट जाँदा पनि खप्तडमा पर्यटन मैत्रि बिकास हुन सकेको छैन् । केहि समय अगाडि मात्रै खप्तडको भ्रमण गरेर फर्किएका पूर्ब मुख्य सचिव लिलामणि पौड्यालले खप्तडमा पर्यटन मैत्रि बिकासको बाधक धेरै पैंशा भएर भएको बताए । उनले भने, ८ लाखको हाराहारीमा पैंशा जाने गरेको खप्तड क्षेत्र पर्यटन बिकास समितिमा एकै पटक ८ करोडको हाराहारीमा बजेट गएपछि स्थानीय राजनैतिक दलहरुको चासो बढ्यो, रकम सदुपयोग भन्दा दुरुपयोगको क्रियाकलापहरु भए, अन्ततः पैंशा नभएर भन्दा पैंशा भएर खप्तडको बिकास हुन सकेन । 


कार्यक्रममा सामाजिक अभियन्ता सुवास सिंहले खप्तड क्षेत्र पर्यटन बिकास समितिमा कार्यकारी र अन्य पदाधिकारी नियुक्त गर्दा पार्टिको कार्यकर्ता भएपनि दक्ष र पर्यटन बुझेको ब्यक्ति पठाउन सुझाव दिए । त्यसैगरी पर्यटन ब्यवसायी तथा टानका पूर्ब अध्यक्ष जेबि सिंहले खप्तडमा निजि क्षेत्रलाई आर्कषित गर्ने खालका नीति नियम जरुरी भएको बताए । 


खप्तडमा खप्तड पर्यटन क्षेत्र बिकास समिति र राष्ट्रिय निकुञ्ज बिच समन्वय नहुँदा त्यहाँ जाने पर्यटकहरुले राम्रो सेवा सुबिधा पाउन नसकेको पर्यटन अभियन्ता किशोर खड्काले बताए । उनले निकुञ्जका क्रियाकलापका कारण त्यहाँ जाने पर्यटकहरु खल्लो अनुभव बटुलेर आउनु परेको अनुभव सुनाए । 


अस्थिर राजनैतिक संरचना भएको कारण खप्तडको बिकास सोचे अनुरुप गर्न नसकिएको उपप्रधानमन्त्री भिम रावलले बताए । उनले खप्तडको बिकासका लागि पहिला स्थानीयनै सचेत भएर लाग्नुपर्ने पनि जनाए साथै पर्यटन मन्त्रालयलाई योजनाहरुको राम्रोसँग अनुगमन गरी प्रभावकारी बनाउन सुझाव दिए । 


कार्यक्रमबाट आएका सुझावहरुलाई कार्यान्वयन गर्दै लैजाने र खप्तडमा गएको रकमको सदुपयोग तथा पारदर्शितामा मन्त्रालय प्रतिवद्ध भएर लागिपरेको पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए । उनले यसमा आफु सचेत रहेको पनि जनाए । 


खप्तडको पर्यटन प्रवद्र्धनमा स्थानीयको भूमिकानै महत्वपूर्ण रहेको पर्यटन मन्त्रि आनन्द पोखरेलले जनाए । उनले स्थानीयले सक्रिय भएर लाग्यो भने खप्तड लगायत अन्य क्षेत्रको पनि पर्यटन प्रवद्र्धन र बिकास हुन सक्नेमा आफु आशावादी रहेको बताए ।


कार्यक्रममा बाजुराका सांसद कर्णबहादुर थापा, सांसद प्रेम आले, खप्तड क्षेत्र पर्यटन बिकास समितिका पूर्ब कार्यकारी निर्देशक यम बम लगायतकाले आफनो धारणा राखेका थिए भने, खप्तडको सुन्दरता र वरपरको पर्यटन मैत्रि वातावरण समेटेर पत्रकार बिनिता दाहाल, खप्तडमा पर्यटन मैत्रि पूर्बाधारको संरचनामा कार्यकारी निर्देशक यम कुँवर लगायतले प्रश्तुती गरेका थिए । 


कार्यक्रममा पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधी, सरोकारवालाहरु, पर्यटन ब्यवसायी, नाट्टा फारवेष्ट च्याप्टरका अध्यक्ष मायाप्रकाश भट्ट, कैलाली उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष दिनेश भण्डारी, पूर्ब आईजिपि मोतिलाल बोहोरा, पर्यटन बिदहरु, पूर्ब सचिवहरु, पर्यटन बोर्ड सदस्य आदिको उपस्थिती रहेको थियो । 

 


खप्तडको बिकास नहुनुमा स्थानिय राजनैतिक दलहरु नै बाधक–पर्यटन सरोकारवाला
खप्तडको बिकास नहुनुमा स्थानिय राजनैतिक दलहरु नै बाधक–पर्यटन सरोकारवाला
खप्तडको बिकास नहुनुमा स्थानिय राजनैतिक दलहरु नै बाधक–पर्यटन सरोकारवाला
खप्तडको बिकास नहुनुमा स्थानिय राजनैतिक दलहरु नै बाधक–पर्यटन सरोकारवाला
खप्तडको बिकास नहुनुमा स्थानिय राजनैतिक दलहरु नै बाधक–पर्यटन सरोकारवाला
खप्तडको बिकास नहुनुमा स्थानिय राजनैतिक दलहरु नै बाधक–पर्यटन सरोकारवाला


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक