Similar Articles

'एफएलएफ अवार्ड २०७३'को मानोनय–पत्र वितरण

बिराट नेपाल

काठमाडौं, २० साउन

लिम्बु चलचित्र तथा म्युजिक भिडियोको अवार्ड ‘एफएलएफ २०७३’को मनोनय–पत्र सार्वजनिक गरिएको छ । लिम्बु भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र सम्वद्र्धन साथै अग्रजलाई सम्मान अनि अनुजलाई प्रोत्साहन गर्ने भन्दै फाल्गुनन्द लिङ्देन फिल्मस प्रालिले यो अवार्डको आयोजना गर्न लागेको हो ।

नेकपा मोआवादी (केन्द्र)का संगठन विभाग प्रमुख रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा राजधानीमा बिहिबार आयोजित गरिएको कार्यक्रममा चलचित्रको कथा, निर्देशन, नयाक, नायिका, गायक, गायिका गरि जम्मा १८ र म्युजिक भिडियोका ९ विधाकालाई मनोनय–पत्र वितरण गरिएको थियो । चलचित्र थत्थामा, खापुङ्ना, मरङ्ना, अंलारी फुङ, कलाकार प्रेम सुब्बा, शोभा खजुम, बबिता फम्बो, राजकुमार आङदेम्बे, पुष्पा लिम्बु, राजकुमार लिङ्देन त्यसैगरी गायक÷गायिका सुशन साम्सुहाङ, पवित्र सुव्वा, मनु नेम्वाङ लाई मनोनय पत्र वितरण गरिएको छ ।

यो अवार्डको जुरीमा लिम्बु भाषाविद् येहाङ् लावती, निर्देशक उदय सुब्बा र गायक तथा संगीतकार कुल्बा सुव्वा रहेका छन् । पहिलो पल्र्ट गर्न लागिएको यो अवार्ड आगामी साउन ३२ गते प्रज्ञा भवन कमलादीमा एक भव्य कार्यक्रमबीच वितरण गरिने आवार्ड मूल आयोजक कमिटिका प्रबन्ध निर्देशक अनुप लिङ्दनेले जानकारी गराए । कार्यक्रममा अवार्डका निर्देशक तथा संयोजक दिनेश लिङ्देनले आफूहरुले आफ्नो भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि यो अवार्ड आयोजना गरिएको बताए भने प्रमुख अतिथि बादलले यस्ता अवार्डहरुले अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन मिल्ने उल्लेख गरे ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक