Similar Articles

नेपाल समाचार (Nepal)

तीन दिनभित्र कार्ययोजना पेस गर्न सचिवहरूलाई प्रधानमन्त्रीकाे निर्देशन

बिराट नेपाल

काठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित कार्यक्रममा उहाँले कुन–कुन विकास निर्माणका आयोजना कति समयभित्र सम्पन्न गर्न सकिन्छ समयावधि तोकेर मुख्यसचिवमार्फत सो कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिनुभएको बैठकमा सहभागी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

 

संविधान कार्यान्वयनमा देखापरेका असन्तुष्टि हटाई सर्वस्वीकार्य काम गर्न, शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन, भूकम्पप्रभावित जिल्लामा पुनःनिर्माण र नवनिर्माण प्रक्रियालाई गति दिन, सार्वजनिक प्रशासनलाई चुस्त तथा दुरुस्त बनाउन र आर्थिक संमृद्धिका लागि कसरी अघि बढ््न सकिन्छ भनी कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयका सचिव सान्तबहादुर श्रेष्ठले उल्लेख गर्नुभयो ।

 

यसैगरी, सरकारका काम कारबाही गुणस्तरीय र पारदर्शी बनाउन, गरिबसँग सरकारका योजनालाई साकार पार्न, पूँजिगत खर्चलाई प्रभावकारी बनाउन, विदेशबाट आउने नेपालीलाई भन्सारमा आइपर्ने समस्या निराकरण गर्न, विद्युत्भार कटौती न्यून गर्न, टे«ड युनियनसँग समन्वय गर्न र राष्ट्रिय गौरवका आयोजना अघि बढाउने सम्बन्धमा पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो । रासस

 




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक