Similar Articles

नेपाल समाचार (Nepal)

धनकुटाबाट ३ अर्ब २३ करोडको कृषि जन्य उत्पादन नियार्त

बिराट नेपाल

ईश्वर थापा
धनकुटा, २४ साउन 

धनकुटाबाट तीन अर्ब २३ करोड ५५ लाख ८९ हजार बरावरको कृषिजन्य बस्तुको निर्यात भएको जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जानकारी दिएको छ । आर्थिक बर्ष ०७२÷०७३ मा उत्पादित एक लाख ६८ हजार नौ सय ७५ मेट्रिक टन मध्ये एक लाख २९ हजार चार सय ८६ मेट्रिक टन कृषि उपज निर्यात गरिएको कार्यालयले जानकारी दिएको छ ।

 

कार्यालयलको तथ्यांक अनुसार सबैभन्दा धेरै दुई अर्ब ५३ करोड ४९ लाख ७९ हजार बरावरको एक दर्जन भन्दा बढी प्रकारका एक लाख २० हजार छ सय तीन मेट्रिक टन सब्जी निर्यात भएको छ । त्यस्तै ४० करोड ७३ हजार ६० हजार बरावरको तीन हजार आठ सय ती मेट्रिक टन अलैची र अदुवा नियार्त भएको छ ।

 

२९ करोड ३२ लाख ५० हजार बरावरको बिभिन्न छ जातको पाँच हजार ७९ मेट्रिक टन फलफुल निकासि भएको कार्यालयले जानकारी दिएको छ ।कार्यालयले अहिले चार सय ९५ हेक्टरमा मसला बाली, सात हजार एक सय १७ मा तरकारी,एक हजार दुई सय १८ मा फलफुल गरी कुल आठ हजार आठ सय ३० हेक्टरमा कृषिजन्य उपजको उत्पादन हुने जानकारी दिएको छ ।

 

अघिल्लो आर्थिक बर्ष ०७१÷०७२ मा धनकुटाबाट दुई करोड ३९ करोड ७९ लाख ९७ लाख बरावरको एक लाख २१ हजार चार सय ३५ मेट्रिक टन कृषि जन्य बस्तुको नेपाल र भारत निर्यात गरिएकोे थियो । कृषि क्षेत्रमा सरकारले दिएको अनुदान प्रति कृषकहरु आकर्षित भएर कृषि क्षेत्रको उत्पादनमा बृद्धि भएको कार्यालयका प्रमुख लक्ष्मी प्रसाद खरेलले जानकारी दिए ।

 




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक